नेकपा एमाले र माओवादी केन्द्रबीच पार्टी एकिकरणको अन्तिम गृहकार्य जारी छ । प्रदेश र प्रतिनिधिसभाको चुनावमा दुबै पार्टीले देशैभरी समीकरण गरेर सहभागि भएका थिए ।

चुनावपछि पार्टी एकता गर्ने गरी एउटै घोषणापत्र बनाएका दुइ पार्टीले एकताको प्रक्रियालाई अब अन्तिम रुप दिने तयारी गरेका छन् । दुइ पार्टीले एकतापछि समाजवादको यात्रा तय गर्ने सहमति गरेका छन् । अबको समाजवाद कस्तो हुने ? पार्टी एकिकरण कसरी हुने ? भन्ने बिषयमा ‘शहिद स्मृति तथा जनयोद्धा संरक्षण प्रतिष्ठान’ ले अन्तरसम्बवाद आयोजना गरेको छ ।

अन्तरसम्बादमा माओवादी केन्द्रका बरिष्ठ नेता नारायणकाजी श्रेष्ठ, एमाले सचिव तथा नेपाल सरकारका परराष्ट्रमन्त्री प्रदिप ज्ञावली, माक्सवादी अध्येता तथा सांसद सुरेन्द्र कार्कीलाई बिर्तामोडमा उपस्थित गराएर ‘अबको समाजवाद’ बिषयक एक दिवसीय गोष्ठी आयोजना गरेको छ । गोष्ठीमा उहाँहरुले ब्यक्त गरेको बिचार यहाँ प्रस्तुत गरिएको छ ।

संसदीय ब्यवस्था होइन : नारायणकाजी श्रेष्ठ : बरिष्ठ नेता : माओवादी केन्द्र काल माक्स जन्मेको दुईसय बर्स अहिले हुँदैछ । छिट्टै नै दुइटा पार्टी नरहने बनाउछौ । बिचारको बहसको आन्दोलन चलाउनु पर्ने छ । पार्टी एकता यतिखेरै आवश्यकता देख्यौ । सम्भब यतिखेरै देख्यौ र बहसका रुपमा अघि सारेका हौ । सामन्तवाद मुलभुत रुपमा अन्त्य भयो । त्यसका अवसेस छन । अहिले पनि सामन्तवाद छ भन्नु फेरी पछाडी फर्किनु हो ।

गर्दा गर्दै नेपालको मौलिक बाटोबाट पुजीवादी जनवादी क्रान्ति पुरा गर्यौ । संसदीय ब्यवस्था त हो नि भन्ने भ्रम हामिबीचमै छ । यो परम्परागत संसदीय गणतन्त्र होईन । आदर्श मोडेलको पजीवादी परिवर्तन पनि होईन । बिश्वमा यो नौलो प्रयोग हो । समाजवाद उन्मुख लोकतन्त्रको रुपमा परिभाषा गरेका हौ । यो त संसदीय ब्यबस्था त हो नि भन्यो भने अगाडी बड्न सकिन्न ।

हामीले बिकास र समृद्वीको मोडल तयार गर्नु पर्छ । परिवर्तनको फल जनताले पाउनुपर्छ भन्ने हो । यतिधेरै बिकासका आधार भएको देश कतै छैन । बिकास गर्न ब्यबस्थालाई दोष लगाइयो । सङक्रमणलाई दोस लगाइयो । अब के भनेर भाग्ने । अब बिकास र समृद्वीबाट भाग्ने हामीसँग कुनै बाटो छैन ।

भ्रष्टाचारलाइ अन्त्य गरिएन भने बिकास र समृद्वी आउदैन । यो सजिलो छैन । कहाँ बाट शुरु गर्ने भन्ने नै अन्योल छ । राजनीतिक दलका २५ प्रतिशत नेताको हिस्सा काम नगरी खान्छ ।

सबै परिवर्तनको नेतृत्व लिने र संविधान जारी गर्न काङग्रेसको नेतृत्व पर्खनुपर्ने । यो गलत थियो । लीडरसीपको प्रश्न हल गर्नुपर्छ । र समाजवादमै जानका लागि बामपन्थीहरुको एकता अनिवार्य थियो । बस्तुगत र आत्मगत आवश्यकताका कारण एकतामा जान लगेका हौ । एकताका लागि माक्सवादबाट बिचलित नहुने, कम्युनिष्ट बिचार, समाजवाद स्थापना गर्ने । पार्टी एकतालाई कसैले चाहेर पनि रोक्न सक्दैन र रोकिदैन ।

अब फेरी म यहाँ आउदा नेपाल कम्युनिष्ट पार्टीको नेताका हैसियतले बोल्ने छु । भोली बस्ने बैठकले एकताको मिति तय गर्नेछ । ९ गते नै एकता गर्ने छौ । कुनै आश्चर्य मुलक घटना भयो भने केही दिन भने ढिलो हुन सक्छ । एकतापछि पनि चुनौतीहरु बाकी रहन्छन । सबै कुरा पुर्ण भएको भनेर एकतापछि पनि मान्नु भएन । हामी नेपाली मोडेल अनुसारको माक्सवाद स्थापना गर्छाै ।

बित्तिए एकाधिकारवाद पुजीवादले हावीे छ । शान्तिपुर्ण बाटोबाट समाजवाद आउछ । बल प्रयोग जरुरी छैन । समाजवाद उन्मुख रास्ट्रिय औधोगिक पुजी हामी निर्माण गर्छौ ।

बस्तुगत पक्ष र प्रतिक्रान्तिलाई समिक्षा नगरी समाजवादमा जान सकिन्न । पहिला भएका रेडिमेड उत्तरको भरमा समाजवाद हुदैन । ’सत्ताले केही कालसम्म राम्रै गर्यो, तर त्यसपछि भ्रष्टीकरण भयो । शान्तिपुर्ण बाटो, बहुदलीय प्रतिष्पर्धा मान्छौ । कम्युनिष्ट क्रान्तिकारीको आत्मगत कमीकमजोरी सच्याउदै समाजवादमा प्रवेश गरिन्छ । यो एकदलीय सासन ब्यबस्था होईन । बहुदलीय हो । र यो पुर्णरुपमा संसदीय प्रणाली होईन । आर्थिक प्रणालीमा सबै कुरा राष्ट्रियकरण हुन्छ भन्ने होईन ।

सभाजवादले श्रमजीवि बर्गमाथी भएका शोषण अन्त्य गर्छ । नाफालाई केन्द्रमा राख्ने पुजीवाद हो । बर्गलाइ केन्द्रबिन्दु मान्ने समाजवाद हो । सरकारले तीन बर्षमा बिकास र समृदीको बाटो पक्रिएन भने हामी सकिन्छौ । त्यसकारण निगरानी गरौ । बिग्रीन लागे हस्तक्षेप गरौ । हामी सकिए नेपालको कम्युनिस्ट आन्दोलन सकिन्छ ।

पोजिसन नखोजौ : प्रदिप ज्ञावली : एमाले सचिव, परराष्ट्र मन्त्री पार्टी स्थापनाको ६९औ बर्षगाँठमा एकता प्रक्रियामा छौ । एकिकरण भनेको सङगठनको प्राविधिक जोडघटाउ मात्र होईन । भावना जोड्दै छौ ।

हिजो आज बैचारिक बहस हुन छोडेका छन । अखबारको हेडिङमात्र पढेर धारणा बनाउन थालेका छौ । अध्ययन गर्ने संस्कृती अन्त्य हुदै जान थालेको छ । नया प्रश्न बासी उतर । अहिलेको समस्या यो हो ।

हिजोका कतिपय संरचना, मुल्य, मान्यता असान्दर्भिक हुदै गएका छन । नेपालको समाजवाद कुनै पार्टी, नेताको मात्र रहेन । यो त नेपालको संविधानमै लेखिएको छ । यो बहस सबैले गर्न जरुरी छ ।

रुसी क्म्युनिष्ट पार्टीका महासचिव ज्ञाननादु जुगानोनले समाजवादमा नफर्किन सुझाएका थिए । त्यो हिजोको समाजवाद थियो । त्यता फर्किन सकिन्न । त्यसका गल्तीहरुले बिभिन्न समाजवादी देशहरु बिखण्डन भएका थिए । त्यो बेला धेरै पार्टीले रातो झण्डा साइन बोर्ड निकालेर फ्यालेका थिए ।

बिचारको राजनीति चल्दैन भन्ने बहस पनि आएको थियो । एकजना फ्रान्सेलि लेखकको भनाइ थियो । इतिहास सकियो भन्थे उनी । एक प्रतिशत मानिसको हातमा संसारको ९९ प्रतिशत सम्पति कब्जामा छ । बिकास गर्नका लागि बजेट छैन । तर नरसंहारका लागि पर्याप्त बजेट छ । सिरियामा हेर्नुस त । आतङकवादको बिरुद्ब गरिएको वकालतले झन ठुलो समस्या निम्त्याउदैछ ।

२००८ मा भएको बिश्व पुजी सङकट अझै साम्य भएको छैन । कर्मचारीको पेन्सन काटेर प्रयोग गर्दा पनि बिश्व पुजी सङकटको समस्या समाधान हुन सकेको छैन । नवउदारवादमा सबै कुराहरु बिक्रिका लागि राखिएका हुन्छन । पुजीवाद भित्र सङकट आउछ । त्यसवाट समाजवादको बिकास हुन्छ ।

पुजीवाद डरलाग्दो सङकटमा छ । ट्रम्प अमेरिकालाइ घेरावारा गर्ने योजनामा छन भने चिन बिश्व ब्यापार संगठनको बिश्वब्यापी उपयोगको नीतिमा छ । पुजीवाद प्रतिरक्षात्मक अवस्थामा पुगेको छ ।

केही देशले प्रतिकुलताका बीचमा पनि समाजवाद टिकाईरहेका छन । चीनमा तीनकरोड गरीब छन । २०२० सम्म गरीबिमुक्त बनाउछु भनेका छन । अबको ५,६ बर्षभत्रमा संसारको पहिलो राष्ट्र बन्दैछ ।

१९९० मा शुरु भएको समाजवाद बिरुद्वको आन्दोलनको लहर अहिले थामिएको छ । अब समाजवादी ब्यबस्थामा मुलुक जान्छ । तीन करोड मानिस मारिदा २ करोड सोभियत सङघका थिए । त्यसबेला सोबियत सङघ ढलेको थिएन । त्यसपछि किन ढल्यो । यो समिक्षा नगरि समाजवाद कार्यान्वयन गर्न सकिन्न ।

समाजवाद भनेको एक पार्टी सिस्टम जस्तो हो भन्छन् । हिजोको समाजवाद फेल हुनुको एउटा कारण त्यहा लोकतन्त्रको अभाव थियो । प्रजातान्त्रिक समाजवाद हुनुपर्छ । हुन्छ । एउटा मान्छेको बिकल्प जनताले हेर्न पाउनुपर्छ भन्ने हो । योग्यता अनुसारको दाम दिने गर्नु पर्छ । चिनले समाजवाद सच्याएको छ । श्रमप्रति उत्पेरणा आउनु पर्छ ।

२०६२÷०६३ को आन्दोलन पछि गरिएको परिवर्तन पुजीवादी जनवादी क्रान्ती हो । बिप्लव र मोहन बैद्यले भनेजस्तो अर्को जनवादी क्रान्तिको यहाँ जरुरी छैन । समाजवाद उन्मुख सम्बिधान छ । जनधनको क्षति अब जरुरी छैन । हुनुहुँदैन ।

आधारभुत रुपमा क्रान्तिका अभिभारा पुरा गर्यौ । तर सास्कृतिक लगायतका क्रान्ति पुरा गरेका छैनौ । तर राष्ट्रिय पुजी निर्माणको कार्यक्रममा जाने हुनु पर्छ ।

समाजवाद फ्याट्टै भइहाल्ने होईन । यात्रा र गन्तब्य हो समाजवाद । बलियो अर्थतन्त्र । कृषीको आधुनीकिकरण ले यो सम्भव छ । कृषिमा झण्डै दुइ तिहाइ संलग्न छन । योगदान एक तिहाइ छ । भुमिसुधार गर्नुपर्छ । जोत्न चाहनेलाई जमिन दिने नीति आउँछ ।

आर्थिक रुपले आत्मनिर्भर बनाउने । आत्मनिर्भर अर्थतन्त्र बनाउने । नाकाबन्दीमा थाहा भएको कुरा हो । पुजी प्रयोग नगरी कसरी अगाडी बढिन्छ ? बिकाससँग सामाजिक न्यायको पक्ष हुन्छ ।

शिक्षा र स्वास्थ्यमा दुईखालको नागरिक उत्पादन भइरहेको छ । बिर्तामोडको नीजि स्कुलले बिकटमा रहेका बिद्यालयमा लगानी गर्नुपर्छ ।

पार्टी एकताका लागि ब्यक्ति गौण हुन्छ । एकता छिट्टै हुन्छ । ९ गते नै एकता हुने कुरामा ढुक्क हुनुहोला । अन्तरिम बिधान, दस्तावेज अध्ययन गर्नुपर्छ । ९ गते नै पार्टी एकता गर्नेगरी तयारी भएको छ । पोजिसन माग्ने परिपाटी गलत हो त्यो पनि मिडियावाट ।

संगठन चलायमान बनाऔ : राम कार्की : सांसद, माक्सवादी अध्येता रबरको टोपीजस्तो भएको छ समाजवाद । पुजीवादको जिवनमैत्री र प्रगतिशिल बिकल्प समाजवाद हो । पुजीवादको बिकल्प तानाशाह । फासिस्ट हो ।

पुजीवादी ब्यबस्थाले यो संसारमा प्राणी बस्न सक्छ कि सक्दैन भन्ने अन्यौल छ । समाजवाद भनेको बर्ग सङघर्स हो । माक्सले भनेका छन । यो नढाटौ ।

यहा ८ लेनको बाटो बनाउ । सतीघट्टाको मजदुरलाई त्यसले के फरक पर्छ ? बिकास भनेको स्वतन्त्रता हो । निर्माण मात्र होईन । समाजवाद काठमाण्डौवाट आउदैन । बोल्ने नेता त काठमाण्डौबाट ल्याउनु भयो । सङगठन, पार्टी कतिको चलायमान छन त्यसले ल्याउछ समाजवाद । मिडियामा लगानी गर्नेले अर्को ठाउमा लगानी गर्नु हुदैन । मिडिया मालिक पनि उही डोजर मालिक पनि उही ?

पत्रकारको ट्रेड युनियन छैन । सरकारी कर्मचारीको ट्रेड युनियन छ । पार्टीका संगठनले मिटिङ गर्या छैन । नीति निर्माणमा सहभागिता छैन अनि कसरी आउछ समाजवाद ? पुजीवाद अबलम्बन गर्ने हो भने कम्युनिष्ट हरु सकिन्छन । सैनिक जनरल सुहार्तोको नेतृत्वमा इण्डोनेशियामा त्यही भएको थियो ।

जनताले राजनीतिक, शैक्षिक, सास्कृतिक स्वतन्त्रता महसुस गर्न पाएको कुरालाई बिकास भनिन्छ । भौतिक निर्माणमात्र बिकास होइन । अधिकार ब्यक्तिमा होईन संघ सङगठनमा हुनुपर्छ भनेर लेनीनले भन्नु भएको थियो । तर ब्यक्तिले पावर केन्द्रित गरेका छन । त्यो गलत भयो ।

मजदुर र किसानले निगरानी गर्नु पर्छ सरकारलाइ । सत्तालाई । लेनीनले भनेका छन । नेपालको कम्युनिष्ट आन्दोलनमा जनवादी केन्द्रियता लागु भएको देखेको छैन । कि त केन्द्रियता कि त अराजकता लागु भएको छ ।

पार्टीको संस्थागत जिवन सकिएको छ । ब्यक्ति बोल्छ । पार्टी बोल्दैन । संस्थागत जिबन जिबन्त राख्नुपर्छ । अनि आउछ समाजवाद ।

बैचारिक राजनीतिक सङघर्षमा सहभागि हुन नपाएर कार्यकर्तामा नैराश्यता उत्पन्न भएको छ । सक्रिय बनाउनु पर्छ सबै कमिटिलाई । बर्गशत्रुको रणनीतिप्रति सधै सचेत हुनुपर्दछ । सधै चनाखो बन्न सिकाउछ समाजवादले । यसकारण हामीले समाजवादलाई अबलम्बन गर्न लागेका हौं ।