विराटनगर/ वेरोजगार युवालाई स्वदेशमै रोजगारी दिने उद्देश्यले विराटनगरमा तीन दिने रोजगार मेला हुने भएको छ ।
नेपाल घरेलु तथा साना उद्योग महासंघको आयोजना र श्रम कार्यालय रोजगार सूचना केन्द्रको सहकार्यमा वैशाख ७ देखी ९ गतेसम्म विराटनगर – ७ मा रहेको एलिट क्बलमा रोजगार मेला सुरु हुने भएको हो ।
आयोजक समितिले विराटनगरमा सोमबार पत्रकार सम्मेलन गरी रोजगार मेलामा ५ सय जना बेरोजगार युवाहरुको उपस्थीति रहनेछ । उक्त मेलामै रोजगारीको लागि उद्योगबाट अन्तबार्त लिएर आफ्नो उद्योगको लागि काम गर्न छनौट गर्नेछन् । यस मेलाबाट २ सय उद्योगले प्रत्यक्ष रुपमा लाभ लिने नेपाल घरेलु तथा साना उद्योग महासंघ मोरङका अध्यक्ष नरेन्द्र होमागाईले जानकारी दिए ।
‘मेलाको मुख्य उद्देश्य नै वेरोजगार युवालाई रोजगार दिनु हो,’ अध्यक्ष होमागाईले भने, ‘उद्योगलाई समेत आवश्यक जनशक्ति दिन हामीले समन्वयनकारी भूमिका निभार्ह गरेका हौं ।’ अध्यक्ष होमागाईका अनुसार गत वर्ष विराटनगरमा आयोजना गरिएको रोजगार मेलामा २ सय ७४ जना वेरोजगार यूवाले रोजगारी पाएको जानकारी दिए ।