विराटनगर/ १ नम्बर प्रदेश सभाको बैठक आज दिउँसो १ बजे बस्दैछ ।

प्रदेशसभामा प्रस्तुत विनियोजित विधेयकमाथि आज छलफल हुने प्रदेश १ को संसद सचिवालयले जनाएको छ ।

सांसदहरुले आ–आफ्ना धारणा राखेपछि बुधबारको संसदको बैठकले बजेट पारित गर्ने बताइएको छ । आर्थिक मामिला तथा योजनामन्त्री इन्द्र आङ्बोले गत चैत २९ गते प्रदेश संसदमो आर्थिक वर्ष २०७४–०७५ को तीन महिनाको बजेट प्रस्तुत गरेका थिए ।