मोरङ/ मोरङको पथरीशनिश्चरे नगरपालिका कार्यालयले नगर कार्यालय र वडा वडामा विभिन्न प्रकारको तालिम सञ्चालन गरिरहेको छ ।
जस अनुरुप शरणार्थी सम्वन्धी राष्ट्रसंघीय उच्चायोग (युएनएचसीआर) को सहयोगमा कार्यालयले समुदायमा मेलमिलाप सम्वन्धी ३ दिने पुनतार्जगी तालिम वुधवारबाट सुरु गरेको छ ।
तालिमको एक कार्यक्रमकाबीच नगर उपप्रमुख एवम् न्यायिक समिति संयोजक यमुना विष्ट वास्तोलाले उद्घाटन् गर्दै नगरलाई मेलमिलापमैत्री वनाउने अभियानमा नगरपालिका लागिरहेको उल्लेख गरे ।
सो अवसरमा युएनएचसीआर दमक फिल्ड अफिसकी प्रोटेक्सन अफिसर क्याथरिन हेरिसले मेलमिलापको महत्व दर्शाइन् ।
कार्यक्रममा बोल्दै कार्यक्रममा अध्यक्ष नगरप्रमुख दिलिपकुमार राईले मेलमिलापकर्ताहरुको भूमिकाले नगरको समग्र न्याय र मेलमिलापको अवस्था दर्शाउने हुँदा मेलमिलापकर्ताहरुलाई बेलाबखत पुनर्ताजगी गराउन आवश्यक रहेको उल्लेख गरेकी छन् ।
तालिममा नगरका १० वटा वडामा रहेको नगरपालिकाले गठन गरेको मेलमिलाप केन्द्रका ३,३ जना र वडा नम्वर १० मा रहेको भूटानी शरणार्थी शिविरबाट ७ जना गरी ३७ जनाको सहभागिता रहेको छ । कानून व्यवसायी नारायणप्रसाद भट्राई र अमृतबहादुर बुढाथोकीले तालिमको सहजिकरण गरेका छन् ।
यस्तै, पथरीशनिश्चरे नगरका महिला जनप्रतिनिधिहरुका लागि ५ दिने सृजनशील तालिम सम्पन्न भएको छ ।
नगरपालिका कार्यालयद्धारा आयोजित तालिमको समापनका अवसरमा नगर प्रमुख दिलिपकुमार राईले जनप्रतिनिधि महिलाहरुमा सृजनशीलताको विकासमा तालिमले मद्धत पुर्याएको वताइन् । उनले सहभागि र सहजकर्ताहरुलाई प्रमाणपत्र वितरण गरे । नगर उपप्रमुख यमुना विष्ट वास्तोलाले महिलाहरुलाई सृजनशील वनाएर समाजमा अग्रसर गराउनका लागि जनप्रतिनिधिहरुको महत्वपूर्ण भूमिका रहने उल्लेख गरिन्
उद्घोषणका साथै सृजनशीलताका गतिविधि, नेतृत्व विकास, कार्यक्रममा मन्तव्य, माइन्यूट लेखन सहितका विषयहरुमा केन्द्रीत रहेर तालिम प्रदान गरिएको थियो । नगरपालिकाका सूचना संयोजक भूपेन्द्र तिम्सिना र नेपाल जेसीजकी पूर्व राष्ट्यि उपाध्यक्ष मञ्जरी घिमिरेले तालिमको सहजकिरण गरेका छन् ।
नगरका पशुपालक किसानका लागि महिला विकास शाखाले वाख्रा पालन सम्वन्धी शिप विकास तालिम सम्पन्न गरेको छ । वडा नम्वर ५ हसन्दहमा सञ्चालित ३ दिने तालिममा २० जनाको सहभागिता रहेको शाखाकी सहायक महिला विकास निरीक्षक गीता कट्टेलले जनाइन् । उता, कृषि तथा पशु शाखाले नगरमा वाख्रा, वंगुर सम्वन्धी तालिम सञ्चालन गरिरहेको छ ।