धरान/ बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा बढेको बेथिति तथा भ्रष्टाचारको विषयमा प्रदेश १ का सामाजिक विकासमन्त्रीले चासो देखाएका छन् ।

सामाजिक विकासमन्त्री जीवन घिमिरेले प्रतिष्ठानमा बढिरहेको भ्रष्टाचार तथा आर्थिक अनियमितताबारे चासो देखाएका हुन् । उनले भने, ‘स्थलगत रूपमा गएर बुभ्mने प्रयास भइरहेको छ । दुई दिनअघि मात्रै प्रतिष्ठान प्रशासनलाई फोन गरेर आपूm आउनेबारे जानकारी गराएको थिएँ ।’ उनले प्रतिष्ठानका गतिविधिबारे आपूmले स्थगत रूपमै अध्ययन गर्ने र गलत भएको पाइए प्रक्रियाअनुसार कारवाही अघि बढाउने बताए ।

आन्तरिक कुराहरू बुभ्mने, निरीक्षण गर्ने र प्रक्रियागत रूपमा समस्या समाधान गर्ने प्रयासमा आफू रहेको उनको भनाइ छ । ‘प्रतिष्ठानमा भइरहेका गतिविधिप्रति मेरो ध्यानाकर्षण भएको छ । चाँडै त्यहाँको आन्तरिक पोजिसन बुझ्न जानेछु । उपकुलपतिलाई बोलाएर सबै कुरा लिनेछु ।’ उनले भने । पछिल्लो समय बीपी प्रतिष्ठानमा उपकरण खरिदमा भ्रष्टाचार तथा चार सय शैय्याको मातृशिशु भवन, दुई सय शैय्याको मुटु र दुई सय शैय्याको क्यान्सर अस्पताल निर्माणमा भ्रष्टाचार भएको आरोप लागेको छ ।

अझ आर्थिक वर्ष २०७२–०७३ मा १ दशमलव ५ टेस्ला एमआरआई खरिद गर्न टेन्डर आह्वान गर्दा करिब ६ करोड रूपैयाँ फरक पर्न आएकाले त्यसमा पनि भ्रष्टाचार भएको आरोप प्रतिष्ठानका उपकुलपति प्राडा राजकुमार रौनियारमाथि लाग्दै आएको छ । किनकि सो एमआरआई मेसिन उपलब्ध गराउने ठेक्का पाएको हस्पिटेक इन्टरप्राइजेजले अन्य अस्पताललाई सोही उपकरण १२ करोड रूपैयाँमा उपलब्ध गराएको बताएको छ । सोही उपकरण १८ करोड रुपैयाँमा खरिद गर्न लागिएकाले आर्थिक अनियमितता हुन लागेको भन्दै अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा उजुरी परेको थियो ।

यस विषयमा पनि मन्त्री घिमिरेले चासो देखाएका छन् । मन्त्री घिमिरेले मातृशिशु, मुटु तथा क्यान्सर अस्पतालको निर्माणाधीन भवनको काम किन रोकिएको हो भन्नेबारे पनि आपूmले उपकुलपतिसँग जानकारी लिने बताए ।

‘भ्रष्टाचार भएको छैन’ उपकुलपति रौनियारले भने उपकरण खरिद तथा भौतिक निर्माणमा कुनै पनि भ्रष्टाचार तथा आर्थिक अनियमितता नभएको दाबी गरेका छन् । उपकुलपति रौनियारले बिहीबार पत्रकार सम्मेलन गर्दै ठेक्का पाएको कम्पनी हस्पिटेक इटरप्राइजेजले सम्झौताअनुरूप सामान उपलब्ध नगराएकोले टेन्डर रद्द गरिएको प्रष्ट्याए । उनले भने, ‘हामीले पेमेन्ट नै दिएको छैन, कसरी भ्रष्टाचार हुन्छ ?’

उनले १२० दिनमा सामान दिने सम्झौता भएको तर ९ महिना बितिसक्दा पनि सामान नदिएपछि टेन्डर रद्द गरिएको बताए । वर्तमान उपकुलपति रौनियार रेडियोलोजी विभागका प्रमुख हुँदा तत्कालीन उपकुलपति प्राडा बीपी दासले १.५ टेस्लाको एमआरआईका लागि टेन्डर आह्वान गरेका थिए । तर रौनियारले नै मेसिन गुणस्तरीय नभएको भन्दै ल्याउन नमान्दा त्यस बेला एमआरआई मेसिन आउन सकेन । आप्mनो पालामा त्यही मेसिन १८ करोडमा ठेक्का स्वीकृत गराएपछि उनी विवादमा तानिएका हुन् । उनले यस विषयमा भने, ‘त्यो बेला हामीले रिकमेन्डेसन (सिफारिस) गरेको जस्तो मेसिन थिएन । पहिलाभन्दा धेरै हिसाबले सुविधायुक्त मेसिन अहिले ल्याइँदै थियो । त्यसैले महङ्गो परेको हो ।’

मातृशिशु, मुटुरोग तथा क्यान्सरको भवन निर्माण रोकिएको विषयमा उनले भने, ‘स्वास्थ्य मन्त्रालयले नै भुक्तानी रोक्नको लागि हामीलाई परिपत्र गरेको छ । यस्तो अवस्थामा कसरी हामीले भुक्तानी दिन सक्छौँ ? अहिले ठेकेदारले ब्याजसमेत चार्ज लगाउँदैछ ।’ उनले भौतिक निर्माणका लागि स्वास्थ्य मन्त्रालयबाट बजेट स्वीकृत भइसके पनि अर्थ मन्त्रालयमा गएर रकम अड्किएको जनाए । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले छानबिन गरिरहेको विषयमा आपूmहरूले सहयोग गर्ने बताए । ‘संवैधानिक निकायलाई जाँच गर्न दिनुपर्छ, हामी सघाउँछौँ ।’ उनले भने ।