पानवारी/ मनकामना आरएमसीले पूर्वका सुनसरी, मोरङ र झापाका सहरहरुमा सेवा पुर्याउने लक्ष्यका साथ रेडिमिक्स कंक्रिटको उद्योग सुरु गरेको छ ।

शुक्रबार धरान–१५ स्थित केके इन्टरनेशनल स्कुलको भवनमा छत ढलान गरी पहिलो पटक रेडिमिक्स कंक्रिटको उद्योग सुरु गरेको हो । रेडिमिक्सको प्लान्ट मोरङको सुन्दर हरैचामा रहेको र प्लान्ट ३० क्युबिक मिटर प्रतिघण्टाको उत्पादन क्षमतामा रहेको मनकामना आरएमसीका सञ्चालक नविन राजभण्डारीले जानकारी दिएका छन् ।

सञ्चालक राजभण्डारीले अनुसार समयको माग अनुसार रेडिमिक्स सुरु गरेको बताएका छन् । उनले भने अहिले दु्रत गतिमा निर्माण कार्य अघि बढिरहेको सन्दर्भमा रेडिमिक्सबाट काम गर्दा धेरै छिटो, गुणस्तर साथै आर्थिक हिसाबले समेत सस्तो पर्न आउने दाबी गरेका छन् । मनकामना आरएमसी प्रालिले १ नं. प्रदेशमा पहिलो पटक सञ्चालनमा ल्याएको रेडिमिक्स कम्पनीले ५० मिटरसम्म लम्बाई भएका पुलहरु सजिलैसँग एकैदिनमा ढलान गरिसक्ने सञ्चालक नविन राजभण्डारीले बताएका छन् ।

केके इन्टरनेशनल स्कुलका सञ्चालक गिरिधारी सापकोटाले समयको मागसँगै सञ्चालमा आएको रेडिमिक्सको व्यवसाय अहिले अपरिहार्य रहेको बताए । उनले भने अहिले एउटा सानो घरको छत ढलाइ गर्न समेत कामदार नपाएर हैरानी भएको तथा निर्माण सामाग्री गिट्टी, बालुवा राख्ने ठाउँ नहुदा एकदमै अफ्ट्यारो भइरहेको अवस्थामा रेडिमिक्सले यि सबै समस्याबाट छुटकारा पाइने विश्वास व्यक्त गरे । साथै उनले रेडिमिक्सबाट ढलान गर्दा गुणस्तर हुने र आर्थिक रुपले पनि सरल भएको अनुभव सुनाए ।

मनकामना आरएमसी प्रालिका सञ्चालक इन्द्र कटवालका अनुसार अहिले प्रालिले सुन्दर हरैचामा प्लान्ट राखेर पूर्वको दमकदेखि इनरुवासम्म र विराटनगर, इटहहरी र धरानमा सेवा दिने लक्ष्य रहेको बताए । प्रालिले अहिले चारवटा ट्रान्जीट मिक्चर, एउटा कंक्रिट पम्प सञ्चालनमा ल्याएको र मागलाई हेरेर त्यसलाई बढाउने समेत उनले बताए ।

रेडिमिक्स कंक्रिट प्रयोग गर्दा पहिलो त गुणस्तरीय हुने साथै निर्माण सामाग्री राख्ने ठाउँको व्यवस्थापन गर्नुनपर्ने, कम आर्थिक लागत तथा समयको बचत जस्ता फाइदा हुने कटवालले दाबी गरेका छन् ।

के हो रेडिमिक्स कंक्रिट ?

रेडिमिक्स कंक्रिट भनेको कुनै पनि भौतिक निर्माण गर्दा ढलान गर्न चाहिने कच्चा पदार्थ सिमेन्ट, बालुवा, गिट्टी, पानी र त्यसमा प्रयोग हुने केमिकलको मिश्रण नै रेडिमिक्स कंक्रिट हो । मनकामना आरएमसीले पनि सुन्दरहरैचामा रहेको प्लान्टमा त्यसको मिश्रण तयार गरी पूर्वका विभिन्न सहरमा ट्रान्जीट मिक्चर ट्रकमा लोड गरी सम्बन्धित स्थानमा पु¥याउने गर्दछ । घर निर्माणमा, अपार्टमेन्ट, सपिङ मल, सडक, पुल लगायतको निर्माण गर्दा ढलान गर्न रेडिमिक्स कंक्रिटको प्रयोग हुन्छ ।