पानवारी । १८ नं. वडा समितिले वडाका बालबालिकालाई नृत्य प्रशिक्षण दिएको छ ।
वडा समितिको आर्थिक सहयोगमा हाम्रो डान्स सेन्टरले वैशाख २ गतेदेखि २० दिने नृत्य प्रशिक्षण कार्यक्रम सञ्चालन गरीरहेको छ । बालबालिकाहरुको आकर्षण एकदमै बढी भएको भन्दै १८ नं. वडाध्यक्ष प्रविण राईले बालबालिकाहरुमा नृत्य सिक्ने चाहाना तिब्र रहेको पाइएको बताए । उनले भने बालबालिकाहरुलाई अरु पनि कार्यक्रम गराईयो तर नृत्य सिक्न भने धेरै बालबालिकाहरु उत्साहित भएर समयमा नै उपस्थित हुने गरेको भन्दै त्यसले आफुलाई समेत प्रभावित बनाएको बताए ।
हाम्रो डान्स सेन्टरका नागेन्द्र राईले एक हप्तादेखि प्रशिक्षण गराइरहेका छन् । नृत्य सिक्न वडाका ५० भन्दा बढी बालबालिका सहभागी भएका छन् भने नृत्य प्रशिक्षण कार्यक्रम वडा कार्यालयको माथिल्लो तलामा रहेको हलमा भइरहेको छ ।