धरान । एक नं प्रदेशका सामाजिक बिकासमन्त्री जिवन घिमिरेले आगामी २ बर्षभित्रमा १ नं प्रदेशलाई पुर्ण साक्षर प्रदेश घोषणा गरी छाडने बताए ।
कोईकाको आर्थिक सहयोग नेपाल सरकार शिक्षा मन्त्रालय अन्र्तगत शिक्षा बिकास समन्वय ईकाईको सहकार्य युनेस्को,यु एन ए पी ए, यु एन वुमन र सामुदयिक रेडियो गाण्तन्त्र एफ एम ९५.१ मेघाहर्जले बिद्यार्थी भर्ना अभियान २०७५ बिषयक रेडियो बहस कार्यक्रमलाई सम्बोधन गर्नुहुदै सो कुरा बताएका हुन् ।
एक नं प्रदेशमा आ–आफना कलस्टरमा बिशोष प्रकारको बिशेषता भएको जानकारी दिदै सम्पुर्ण अल्पसंख्यक समुदायका केटकेटीहरुलई यस शैक्षिक सत्रमा बिद्यालयक भर्ना गराई छाडने र बिद्यालयमा टीकाई रहन बिशेष कार्यक्रम ल्याइएको समेत जानकारी गराए ।
बिद्यार्थी भर्ना अभियान कार्यक्रमलाई एउटा उत्सवको रुपमा लिएको जानकारी गराउदै उनले राजनीतिक दल,पत्रकार,नागरिक समाज,समाजका अगुवा ब्यक्तित्व,स्थानीय सरकार ,वडा कार्यलय, र सचेत नागरिकहरुलाई बिद्यार्थी भर्ना अभियान कार्यक्रमा सहभागी भई भर्ना गराउन आग्रह समेत गरे ।
कोही कतै काही बिद्यालयमा बिद्यार्थी भर्ना अभियानबाट छुटेको भए त्यसको जानकारी दिनुहुन आग्रह गरे ।
सोही कार्यक्रममा बोल्दै शिक्षा बिकास समन्वय ईकाईका प्रमुख जय प्रसाद महतले बैशाख ३ गतेबाट बिद्यार्थी भर्ना अभियान सुरु भएको जानकारी गराउदै बिद्यालय,श्रोत केन्द्र,स्थानीय सरकार र वडा कार्यलयहरुलाई पत्रचार गरीएको जानकारी गराए । ।