भद्रपुर । झापाको एक निजी स्कुलले यो वर्षदेखि लागु हुनेगरि ४५ जना विद्यार्थीलाइ छात्रवृत्ति सेवा प्रदान गर्ने भएको छ । झापा भद्रपुर ९ मा रहेको ग्यालेक्सी एकाडेमीले कक्षा ६ देखि ८ सम्म अध्ययनरत विद्यार्थीलाई सेवा प्रदान गर्ने भएको हो । जुनसुकै विद्यालयवाट ८० प्रतिशत अङक ल्याइ उत्र्तीण भएर आएका विद्यार्थीलाई भर्ना र मासिक शुल्क मिनाह गरिएको एकाडेमीका प्रिन्सीपल वेद प्रसाद घिमिरेले जनाए । यो वर्षवाट कक्षा ६ देखि ८ सम्म क्रमश १०,१५ र २० जना विद्यार्थीलाई छात्रवृत्ति सेवा प्रदान गरिने घिमिरेले जनाए । तोकिएको सङख्या भन्दा बढी आएमा मेहनती,जेहेन्दार र आर्थिक विपन्नताको हिषाबले समावेश गराइने उनको भनाइ छ । प्रत्येक वर्ष कक्षा बढेर जाने भएकोले एसइइ सम्म यो नियम लागु हुने समेत उनले जनाए । अहिलेको आधुनिक शिक्षा प्रणालीको आधारमा विद्यार्थीको रुची अनुसारको शिक्षा प्रदान गरिने जनाइएको छ । एकाडेमीले आइतबार स्कुल परिसरमा आयोजना गरेको पत्रकार सम्मेलन मार्फत यस्तो जानकारी गराएको थियो । भनाइ र गराइमा कुनैपनि भिन्नता नराखी अभिभावक र विद्यार्थीलाइ सन्तुष्ट पारेर लैजाने प्रतिबद्धता जनाएको एकाडेमी परिवारको भनाइ छ । नौ विगहा क्षेत्रफलमा रहेको एकाडेमीमा हाल नर्सरी देखि ८ कक्षा सम्म २ सय ४८ जना विद्यार्थी अध्ययनरत छन् ।