पाँचथर/पाँचथरको कुम्मायक गाउँपालिकामा रहेका सामुदायिक माध्यमिक विद्यालयमा अंग्रेजी माध्यमबाट पठन-पाठन सुरु भएको छ । यसै शैक्षिक शत्र देखी एकै किसिमको पाठ्यक्रम लागू गरी अंग्रेजी माध्यमबाट पठन-पाठन सुरु गरिएको गाउँपालिकाका अध्यक्ष जयबहादुर चेम्जोङ बताए । अभिभावक र विद्यार्थीकाे ध्यान अंग्रेजी माध्यमको शिक्षामा केन्द्रित भएको छ ।
उनले भने, सामुदायिक विद्यालयकाे शैक्षिक गुणस्तर खस्किदै गएकाले सरकारी शिक्षालाई प्रभाबकारी बनाउन अंग्रेजी माध्यमको पठन-पाठनलाई सुरु गरिएको हो ।’ अंग्रेजी माध्यमको पठन-पाठनको लागि भन्दै चालु आर्थिक वर्षको लागि गाउँपालिकाले ३० लाख रकम विनियाेजन गरेको गाउँपालिकाले जनाएको छ ।
अंग्रेजी शिक्षा लागुभए संगै अब अभिभावकले चर्को सुल्क तिरेर निजि विद्यालयमा बालवालिकालाई पढाउने परम्पराको अत्य हुने चेम्जोङको दावि छ । गाउँपालिकामा प्राथमिक, निमावि र मावि गरी ३८ वटा सामुदायिक विद्यालयहरु रहेका छन । ति मध्ये ६ वटा मावि र एक प्रावि विद्यालय गरि ७ वटा विद्यालयमा सोही संख्यामै शिक्षक छनोट गरि पठन-पाठन अघि बढाएको गाउँपालिकाले, आगामी आर्थिक वर्षमा पनि अन्य निमावि र प्रावि विद्यालयहरुमा पनि यो शिक्षा लागु गर्ने लक्ष लिएको छ ।