बिर्तामोड/ अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) झापाले यसै सातादेखि मापदण्ड विपरित सञ्चालन भएका शैक्षिक संस्था माथि कारवाही गराउन आन्दोलन थाल्ने भएका छन् । हालै सम्पन्न १६ औ जिल्ला सम्मेलनबाट निर्वाचित नयाँ कार्य समितिले शिक्षामा भएका विकृति, विसंगति र भष्ट्राचार विरुद्ध संघर्षका कार्यक्रम अघि सारेको हो ।
अखिल (क्रान्तिकारी) ले केन्द्रीय समितिको निर्णय अनुसार वैशाख १४ गतेदेखि जिल्लाभर सघर्षका कार्यक्रम शुरु गर्ने विहीबार बिर्तामोडमा पत्रकार सम्मेलन गरी जानकारी दिएको छ । अखिल (क्रान्तिकारी) ले निजि शैक्षिक संस्थालाई नियमन गर्दै आफ्नो निती अनुसार सामुदायिक विद्यालयमा समेत लिदै आएको शुल्कका बिषयमा ध्यानाकर्षण भएको जनाएको छ । अध्यक्ष अनिल सुवेदीका अनुसार केन्द्रीय निर्णय अनुसार संघर्षका कार्यक्रमहरु बर्षैभरी निरन्तर रुपमा सञ्चालन हुने छन् ।
क्रान्तिकारले जिल्ला, क्षेत्र, नगर, गाउँ जस्ता स्थानमा समेत विभाग बनाई जिम्मेवारी दिएको जानकारी दिएको छ । सरस्वती चम्लागाईलाई भद्रपुर र हल्दिवारी, रोशन खड्कालाई स्ववियू विभाग, रञ्जन धमलालाई बिर्तामोड, उमेश खनाललाई दमक, लोचन पोखरेल कमल गाउँपालिका, सन्दीप प्रसाई मेचीनगर, नविन सापकोटालाई अर्जुनधारा र बुद्धशान्ति, उत्सव बास्तोलालाई, कनकाई शिवसताक्षि, आर्जु सुन्दासलाई गौरादह र गौरीगञ्ज, विशेस मुकारुम राईलाई आदिवासी-जनजाती, स्टुडेण्ट भोलिन्टीयर कविन्द्र पौडेल र कार्यालय सचिव पुजा कडेललाई जिम्मेवारी दिएको पत्रकार सम्मेलनमा जानकारी दिइएको छ ।
बिर्तामोडमा भएको जिल्ला सम्मेलनबाट सुवेदीको अध्यक्षतामा ५१ सदस्यीय जिल्ला कार्यसमिति चयन भएको थियो । जिल्ला अध्यक्ष सुवेदीले नगरमा निर्माण शिक्षा समितिमा बिद्यार्थीलाई स्थान दिनु पर्ने, १० प्रतिशत छात्रबृति कार्यन्वयन गराउने लगायतका बिषयमा सघर्ष गर्ने बताएका छन् । उनले अखिल (क्रान्तिकारी) को आन्दोलन सफल नभएको भन्दै संविधानमा भएको कक्षा १२ सम्मको शिक्षा निःशुल्क गर्न र बर्षेनी जनताको ढाड सेक्नेगरी गरिने शुल्कबृद्धिका बिषयमा छलफल गर्दै संघर्षका कार्यक्रम अघि वढाउने बताएका छन् । अखिल (क्रान्तिकारी) का प्रदेश १ का संयोजक खगेन्द्र सुवेदीले पाठ्यपुस्तकमा एकरुपता ल्याउन आवश्यक रहेका बताए ।