पथरी । प्रदेश नम्बर १ मा सामुदायीक विद्यालयहरुलाई ५ बर्ष भित्र गुणस्तर कायम गर्दै नमुना विद्यालयहरु बनाउने प्रदेश नम्बर १ का सामाजीक विकास मन्त्री जीवन घिमिरेले बताएका छन् । शनिबार कानेपोखरी–५, स्थीत रमाइलो बहुमखी क्याम्पसको छैँटौ परिषद बैँठकमा बोल्दै मन्त्रि घिमिरेले सो कुरा बताएका हुन । सामुदायीक विद्यालयका गुणस्तर बनाउन आफ्नो कार्यकाल चुनौतिपूर्ण रहेको बताउँदै प्रदेश नम्बर १ मा गुणस्तर कायम गर्न अंग्रेजी माध्यमबाट सरकारी विद्यालयहरु प्राथमिकता सुरु गरी ५ वर्ष भित्र सामुदायीक विद्यालयको व्यवस्थापन सुधारदै गुणस्तर कायम गर्ने प्रतिवदता व्यक्त गरेका छन् । उनले भने–‘नीजि विद्यालयहरुले पनि १० प्रतिशत छुट विद्यार्थीले पाउनु पर्ने र नीजि विद्यालयहरुले पीछडीएका जातजाती तथा दलितहरु मध्येबाट १ जनालाई विद्यालको सवै सुबिधा दिनु पर्ने व्यवस्था गरेको छ । सवैले नियम लागु गर्न आग्रह छ ।’ यस्तो कार्यक्रम लागु गर्दा प्रदेशमा २ हजार विद्यार्थी लालम्भित हुने आशा रहेको उनले बताए । उनले प्रदेशका सवै व्यक्तिहरु प्रत्येक दिन आधा घण्टा शारिरिक व्ययाम गरेर स्वास्थ रहनु पर्ने बताए । सामुदायीक क्याम्पसले ५,१० र १५ बर्षे योजना बनाएर अघि बढेमात्र रमाइलो बहुमुखी क्याम्पसको भविश्य उज्ज्वल रहने बताउँदै आफुले क्याम्पस उन्नतीमा सक्दो सहयोग गर्ने बचन व्यक्त गरे । त्यसैगरी कार्यक्रमका विशिष्ट अतिथि क्षेत्र नं. ३, क का संसद सूर्यमाराज राईले पनि क्याम्पसको प्रगतीको कामना गर्दै सक्दो सहयोग गर्ने बाचा गरेका थिए । कार्यक्रममा विशिष्ट व्यक्ति, संस्थापक सदस्य तथा क्याम्पस व्यवस्थापन समितिका पूर्व अध्यक्षहरुलाई सम्मान गरेका थिए । यसरी सम्मानीत हुनेहरुमा उती खेर सवैभन्दा वढी चन्दा दिने कानेपोखरी ६ का लक्ष्मीप्रसाद कोइराला, भूवनसिंह लिम्बू,राजेन्द्र निरौला,ताराबहादुर काफ्ले र सुर्यमाराज राई रहेका छन् । सम्माननित हुनेलाई मन्त्री घिमिरेले मायाको चिनो,सम्मान पत्रले सम्मान गरेका थिए । त्यसैगरी व्यवस्थापन समितिका अध्यक्ष भेषनाथ रिजालको सभापतीत्वमा भएको कार्यक्रममा कानेपोखरी गाउँपालिका अध्यक्ष ताराबहादुर काफ्ले,उपाध्यक्ष राजमती इङ्नाम समेत अतिथि रहेका थिए । त्रिभूवन विश्व विद्यालयबाट २०४८ सालमा सम्वन्धन लिई कानेपोखरी–६, स्थीत जनसेवा माविमा २०४८ देखि २०५३ साल सम्म संचालन भएको थियो । २०५३ सालमा कानेपोखरी –५,को भौसाबारीमा साविक बयरवन,केरौन, डाँगीहाट,बाहुनी लगाएतका चन्दा दाँताहरुबाट आर्थिक संकलन गरी १ विगाह ७ कट्ठा जग्गा खरिद गरी क्याम्पस संचालन भएको थियो । जस्मा स्थानीय समाज सेवी स्व ः साफीलाल धिमालले ६ कट्ठा जमिन निःशुल्क क्याम्पसला दिएका थिए । क्याम्पसमा हाल मानविकि,वाणिज्य र शिक्षा संकाय संचालन भैरहेको छ । जस्मा कक्षा ११ मा १२० जना र कक्षा १२ मा १५० जना गरी २७० जना छात्र छात्राले अध्ययन गरीरहेका छन् । त्यसैगरी स्नातक तहमा विए र विविएस दुवै कक्षामा १०१ गरी जम्म विदयार्थीको संख्या ३७१ जना विद्यार्थीले अध्ययन गरिरहेका छन् ।