काठमाडाै । सामुदायिक विद्यालयमा अध्ययनरत छात्रा तथा लक्षित वर्गका बालबालिकाको पढाइमा सहयोग गर्न सरकारले छुट्याएको ५६ करोडभन्दा बढी रकम सदुपयोग नहुँदा सरकारी खातामै थन्किएको छ ।
आर्थिक अभावले विद्यार्थी विद्यालय भर्ना हुन नपाएको र भर्ना र भएका विद्यार्थी पनि बीचमै पढाइ छाड्न बाध्य भएको प्रशस्त घटना सार्वजनिक भइरहँदा सार्वजनिक शिक्षामा सरकारी उदासीनता र बेथिति झल्किएको हो ।
शिक्षा मन्त्रालयले सामुदायिक विद्यालयमा अध्ययनरत छात्राको पढाइ प्रभावकारी बनाउन आर्थिक वर्ष ०६१/६२ मा छात्रा शिक्षा कोष स्थापना गरी सोही वर्ष करोड रुपैयाँ जम्मा गरेको थियो । हरेक वर्ष उक्त कोषमा रकम जम्मा गर्दा अहिले वृद्धि भएर ४८ करोड ८६ लाख ७० हजार रुपैयाँ पुगिसकेको छ । तर रकम खर्च गर्ने कार्यविधि नबन्दा रकम बैंकमै थन्किएको छ