मधुमल्ला । मोरङको उर्लाबारीका निजी विद्यालयले भर्नाको नाममा आर्थिक लुट मच्चाएको पाइरहेको छ । विभिन्न विद्यार्थी संगठनहरूले बिहीबार निजी विद्यालयको अनुगमन गर्ने क्रममा सो भेटिएको हो । नगरपालिकामा बुझाईएको र विद्यार्थीलाई विद्यालय प्रशासनले लिएको रकमको विलसमेत संकलन गरिरहेको रहेको विद्यार्थी नेता सुनिल धिमालले बताएका छन् ।
अखिल, अखिल क्रान्तिकारी र नेपाल विद्यार्थी संघमा आबद्ध विद्यार्थी नेताहरू अनुगमनमा खटिएका छन् । उर्लाबारी नगरभरीका निजी तथा सामुदायिक विद्यालयको अवस्थाका बारेमा अनुगमन गरी जानकारी लिने अर्को विद्यार्थी नेता गणेश घिमिरे बताउँछन् । निजी विद्यालयले विद्यार्थीहरूलाई विभिन्न वहानामा शुल्क दिने गरेको पाइएको अगुमनमा सहभागी विद्यार्थी नेताहरूले बताएका छन् ।
उनीहरूका अनुसार सबै शुल्क लिएर पनि अन्तिममा विविध शुल्क भन्दै निजी विद्यालयहरूले ब्रह्मलुट मञ्चाइरहेका छन् । मनोमानि रूपमा अभिभावकहरूको ढाड सक्ने गरी निजी विद्यालयले शुल्क दिने काम भएको गुनासो आएपछि विद्यार्थी संगठनको सक्रियता बढेको हो ।