इटहरी/ सरकारी विद्यालयमा विद्यार्थीहरुको खडेरी भईरहदा सुनसरीको इटहरी १ मा रहेको राष्टिय मावि आँपगाछीमा भने भर्ना गर्ने आउँने विद्यार्थीहरु थामिसक्नु छैन । भर्ना गर्ने अत्याधिक विद्यार्थी आए पछि अहिले प्रवेश परिक्षा लिएर मात्र भर्ना लिन थालिएको छ । अन्य सरकारी विद्यालयहरुलाई भने यो समाचार सुन्दा अचम्म लाग्न सक्छ तर यो यर्थाथ हो । यसै शैक्षिक सत्र देखि विद्यालयले निजि विद्यालय जस्तै बस किनेर विद्यार्थी बोक्न थाले पछि विद्यालयमा भर्ना गर्ने विद्यार्थीहरुको चाप बढ्न थालेको हो । खराब नतिजा, अपारदर्शी व्यवस्थापन, राजनीतिकरण, पुरानै ढर्राको शिक्षण सिकाइ आदिका कारण समुदाय सामुदायिक विद्यालयतर्फ आकर्षित हुन नसकेको अवस्थामा राष्टिय माविले भने धेरै विद्यार्थी भर्ना हुन आए पछि कमजोर विद्यार्थी फर्काउन थालेको हो । फेरि अंग्रेजी मोह, अनियमित पढाइ, भद्रगोल व्यवस्थापनले समेत समुदाय विकर्षित गदै गएको अवस्थामा पनि यस विद्यालयमा विद्यालयमा भर्ना हुन आउँने विद्यार्थी धेरै भएको विद्यालयका प्रध्यानध्यापक सरण बस्नेतले बताए ।
हामीले बस किनेर घरघरमा गएर बोर्डिङ सरह विद्यार्थी ल्याउँने पुर्याउने गर्छौ । एउटा गाडी हामीलाई अपुग भएको कारण तत्काल शिक्षामन्त्रालयसँग समन्वय गरी नयाँ गाडी भन्सार छुटमा ल्याएर विद्यार्थीहरु बोक्ने सोचमा छौ प्रध्यानध्यापक बस्नेतले भने । विद्यालयमा निजि स्कुलका विद्यार्थीहरु पनि धमाधम आईरहेको छन् । विद्यार्थीहरु अत्याधिक आए कक्षा एकमा मात्र ४१ जना विद्यार्थीको भर्ना भए बस्नेतले थपे । अरु कक्षा पनि विद्यार्थीहरु आईरहेका छन् कक्षा ६ मा भर्ना लिन सकेका छैनौ उनले भने । हामीले अहिले विद्यार्थीहरुको प्रवेश परिक्षा समेत लिन थालेको छौ । यो आर्थिक बर्षमा मात्र २ सय ६ जना विद्यार्थी भर्ना भईसकेको उनको भनाई थियो । विद्यालयमा सात सय ७ जना विद्यार्थी छन् । विद्यालयमा विद्यार्थीहरु धेरै भए पछि कक्षा ६ देखि सेक्सन समेत छुट्याईएको छ । अघिल्लो वर्ष र गत वर्ष सुनसरीमा सबै भन्दा उत्कृष्ट घोषित भएको विद्यालयले पुरस्कार स्वरुप अनुदान समेत पाउँदै आएको छ । विद्यालयमा निजि विद्यालय भन्दा पढाई कम नभएको कारण पनि विद्यार्थीहरुको चाप विद्यालयमा बढीरहेको विद्यालयको दाबी छ । राष्टिय माविका विद्यालय ब्यावस्थापन समितिको अध्यक्ष ज्ञानवहादुर विश्वकर्मा आफुहरुको सरकारी विद्यालय कुनै ब्यक्तिले खोलेको निजि स्कुल भन्दा कमजोर नभएको बताए ।
हामी विद्यालयलाई अझै नमुना बनाउँदै छौ उनले थपे । हामीले कक्षा ८ देखि १० सम्म प्रोजेक्टर मार्फत बढाउँने तयारी गर्दछौ । विद्यालयमा सिसि क्यामरा जडान गछौ र विद्यार्थीहरुलाई अनुशासनमा राख्न समेत हाम्रो अभियान छ । विद्यालयमा शिक्षकहरुलाई डिजिटल थम्पीङक बाट हाजिर गराउँदछौ । हाम्रो विद्यालयले सुनसरीमा सबैभन्दा राम्रो नतिजा ल्याएर विद्यार्थीहरुले बोडिङका विद्यार्थीहरुलाई टपेका छन । विद्यालय ब्यावस्थापन समिति र विद्यालयका शिक्षकहरु लगनशील हुँदै निस्वार्थ भावनाले काममा योजनाबद्ध रुपमा प्रतिबद्ध भएर अहोरात्र काममा लाग्ने हो भने आँपगाछीमा रहेको राष्ट्रिय मावि विद्यालय जस्तै अन्य सामुदायिक विद्यालय नहुनेमा शंका छैन । योजना, पारदर्शिता, संकल्प, मिहिनेत, समन्वय, अनुशासन, सामुहिकता, अधिकारको विनियोजनलगायतमा सुधार गरे सामुदायिक विद्यालयहरु साँच्चै सुध्रन्छन । सुधार असल र भिजन भएका नेतृत्वबाट मात्रै सम्भव हुन्छ । नेतृत्व असल भएर मात्रै पनि भएन, काम गर्ने टिम र सन्यंत्र पनि असल भए अन्य सरकारी विद्यालय पनि सुध्रने थियो कि ।