धनकुटा/उत्तरपानी प्राविधिक शिक्षालय धनकुटाले चालु शैक्षिक सत्र ०७४/०७५ मा १८ महिने पशु विज्ञान संकायमा अध्ययनरत ३६ जना छात्र–छात्रालाई मंगलवार पशु स्वास्थ्य जाँच सम्वन्धी प्रयोगात्मक तालिम दिएको छ ।

धनकुटाको उत्तरपानी प्राविधिक शिक्षालयले आयोजना गरेको पशु स्वास्थ्य जाँच शिविरको रुपमा संचालन गरिएको तालिममा बंगुरको क्यास्ट्रेसन ५ वटालाई, जसमा पोथी बंगुर २ वटा, कुकुरको क्यास्ट्रेसन ३ वटा, वाख्रा १६ वटाको खुल्ला वधिवाटक्यास्ट्रेसन गरिएको थियो । त्यसैगरी सोही क्रममा चरचरे भ्यागुते रागेको विरुद्ध २० वटा बाख्रालाई खोप समेत दिइएको थियो ।  त्यसैगरी १ सय वटा बाख्राको शरिरको वजन लिएर डोज क्याल्कुलेसन गरेर ड्रेन्चिङ्ग गरेर मुखबाट प्रशिक्षार्थी छात्र-छात्राहरु मार्फत नाम्ले जुकाको औषधी खुवाइएको थियो । त्यसै गरी ५० वटा गाई-भैंसीलाई पनि शरिरको ओजन लिएर डोज कलेक्सन गरेर नाम्ले जुकाको औषधी खुवाएको थियो । शिविरमा गाई, गोरु, भैसी, बाख्रा, सुंगुर लगायत गरी जम्मा २ सय वटाको गोबर जाँच (फिकल टेष्ट) गरेर नाम्ले जुकाको औषधी खुवाएको उत्तरपानी प्राविधिक शिक्षालयका सहायक प्रशिक्षक सोम रानाले बताएका छन् । रानाले सोही क्रममा विद्यार्थीहरुलाई फिल्ड अभ्यासको क्रममा फिल्डमा आएका पशुहरुलाई (हेन्डिलिङ्ग) नियन्त्रण गर्न डाट निर्माण गरेर डाटमा राख्ने अभ्यास गरिएको थियो ।

उत्तरपानी प्राविधिक शिक्षालय धनकुटाका पिन्सिपल उत्तिम शाहका अनुसार शिक्षालयमा १८ महिने कृषि विज्ञान तर्फ ३८ जना, तिन वर्षे डिप्लोमा पशु विज्ञान तर्फ पहिलो वर्ष एल एस/पिएस मा ४०/४० छात्र–छात्रा, दोश्रो वर्षमा ४० र तेश्रो वर्षमा २८ जना छात्र–छात्राले अध्ययन गरिहेको बताएका छन् । त्यसैगरी तिन महिने (सिएलए) सामुदायिक पशु स्वास्थ्य कार्यकर्तामा ४० जना छात्र–छात्राले अध्ययन गरीरहेको र (सिएए) सामुदायिक कृषि सहायकमा प्रधानमन्त्री कृषि आधुनिकिरण परियोजना सिधुवामा रहेको जोन कार्यालयको सहयोगमा पठनपाठन भैरहेको पनि प्रिन्सिपल शाहले ब्लाष्टलाई बताएका छन् ।