बिराटनगर/ वैदेशिक शैक्षिक अनुभवका निम्ति विद्यार्थीहरुलाई प्रोत्साहन गर्दै आएको बिराटनगरको मेरिल्याण्ड कलेजका विद्यार्थी यस वर्ष पनि शैक्षिक भ्रमणमा जाने भएका छन् । यस कलेजबाट शैक्षिक भ्रमणको लागि बेलायत जाने भएका हुन् ।
बिगत २ वर्ष देखि कलेजले हरेक वर्ष कलेजका विद्यार्थीहरुलाई विदेश भ्रमणको लागि बेलायतको युनिभर्सिटी अफ वल्भरह्यामटनको छात्रवृत्ति दिने गरेको छ । यस वर्ष पनि कलेजका २ जना विद्यार्थी बेलायतको समर क्याम्प २०१८ को लागि जाने भएका छन् । कलेजमा बेलायतको बिबिएम कोर्ष पढाई हुदै आएको छ । विद्यार्थीलाई विश्वविद्यालयले छानेर १५ दिने बेलायत भ्रमणको लागि लगिने कलेजका एकेडेमिक निर्देशक डा. दिब्येश चन्दले बताए । उनका अनुसार विद्यार्थीहरुले विश्वविद्यालयमा बिभिन्न कक्षा लिनुको साथै अन्य बिद्यार्थीसंग छलफल गर्नेछन् ।
विभिन्न अभ्यासबाट छानिएका २ विद्यार्थीहरु श्रावन ६ गते देखि २० गते सम्मको बेलायतको शैक्षिक भ्रमणमा जाने कलेजले जानकारी दिएको छ । उक्त छात्रवृत्तिको सम्पूर्ण बिद्यार्थी छनोट प्रक्रिया बेलायती विश्वविद्यालयले नै गर्ने बताइएको छ । शैशिक भ्रमणले विद्यार्थीहरुको आत्मबल, क्षमता र अन्तरास्ट्रिय अनुभब बढाउने कलेजले अपेक्षा राखेको छ ।
इनोभेट नेपाल रुपको व्यस्थापनमा संचालित यस कलेजमा बेलायतको बिजनेस डिग्री सर्वशुलभ शुल्कमा अन्तराष्ट्रिय यस्तरमा नै पढाइ हुदै आएको छ । इनोभेट नेपाल ग्रुपको व्यस्थापनमा इस्लिंग्टन कलेज काठमाडौं, हेराल्ड कलेज काठमाडौं, मेरिल्याण्ड कलेज बिराटनगर, इटहरी इन्टरनेसनल कलेज र इन्फोम्याटिक्स कलेज पोखरा संचालनमा रहेका छन् ।