शनिश्चरे/मोरङको पथरीशनिश्चरे १० जिरिखिम्तीस्थित नवजागरण सामुदायिक बाल क्लबको आयोजनामा शुक्रवार सम्पन्न अन्तर वडास्तरीय बाल हाजिरीजवाफ प्रतियोगितामा वडा नम्वर ३ प्रथम भएको छ ।
१० वडामा रहेको नगरको भूटानी शरणार्थी बालबालिका सहित ८ समूहको सहभागिता रहेको प्रतियोगितामा वडा नम्वर २ दोस्रो र ४ तेस्रो भएको क्लवका अध्यक्ष मनिष पोखरेलले जनाए ।
एक कार्यक्रमकाबीच नगरप्रमुख दिलीपकुमार राईले प्रतियोगिताको उद्घाटन् गरे भनें नगर उपप्रमुख एवम् नगरको वाल संरक्षक यमुना विष्ट वास्तोलाले समापनका अवसरमा पुरस्कार वितरण गरिन् । विजेतालाई कप, मेडल, शव्दकोष र प्रमाणपत्र प्रदान गरिएको छ । यसैबीच, वडाका विपन्न र जेहेन्दार ५ जना बालबालिकालाई झोला, एक सेट विद्यालय पोशाक, जुत्ता, कापी, पेन्सिल, ज्यामिति बक्स सहितका सामग्री प्रदान भएको छ । कार्यक्रममा लुथरन विश्व फेडेरेशनका खेम नेपाल सहितले बालबालिकाको सृजनशीलताको विकासका लागि यसखाले कार्यक्रम जारी राख्नु पर्ने वताए ।
नगरपालिका अन्तर्गत वडाबाट ७० हजार रुपैयाँको बजेटमा कार्यक्रम सम्पन्न भएको हो ।