चक्रघट्टि ।सुनसरीको बराहक्षेत्रको राजाबासमा नेपाल आदीबासी जनजाति महासंघको आयोजनामा १५ दिने लोकसेवा तयारी कक्षा सम्पन्न भएको छ । बराहक्षेत्र नगरपालिका भरीका ३० जना बिद्यार्थी सहभागी रहेको कार्यक्रममा सुमन पौडेल, गौरी राय, सुवोध नेपाल, ललिता खनाल, डिल्लिराम अधिकारी, राजन गेलालले प्रशिक्षण दिएका थिए । १५ दिनको तालिममा ४५ वटा कक्षा सञ्चालन गरेको आयोजकले बताएको छ । सम्पुर्ण सहभागी प्रशिक्षर्थीहरुलाई लोकसेवा सम्बन्धि पुस्तक प्रदान गरीएको छ । निजामति र जागिरहरुमा जनजातिको नेतृत्व कम हुने , नगरमा जनजातिको बिषयमा कम बजेट छुटिएको अबस्था छ, यस तालिमबाट आफुहरुले केही मात्रामा भएपनि नेतृत्व र क्षमता बिकासका साथै मार्गदर्शन मिलेको र आगामी दिनमा अन्य यस्तै कार्यक्रमहरु गरी जनजातिका लागी स्तरउन्नति नगरले गर्नु जरुरी रहेको प्रशिक्षार्थी सुमित्रा तामाङले बताएकी छिन् । नेपाल आदीबासी जनजाति महासंघ बराहक्षेत्र नगरका सचिव रबिन राईको सभाध्यक्षमा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि सामाजिक बिकास संयोजक शेषराज माझी रहेका थिए । े