धनकुटा/धनकुटा नगरपालिका वडा नं.७ मा रहेको त्रिवेणी माध्यामिक विद्यालयमा मङ्गलबार देखी कक्षा नर्सरी देखी १ कक्षा सम्म अध्ययनरत बालबालिकाहरुको लागी निःशुल्क दिवा खाजा कार्यक्रम संचालन गरिएको छ ।

[caption id="attachment_82726" align="aligncenter" width="3264"] दिवा खाजा कार्यक्रम सम्पन्न भएपछि सामुहिक तस्विर लिदै ।[/caption]

“आजका साना बालबालिका भोली देशका कर्णधार” हुन भन्ने मुल नारालाई सिरोधार्य गर्दै धनकुटा नगरपालिका वडा नं.७ को वडा कार्यालयको सहयोगमा कक्षा नर्सरी देखीकक्षा १ सम्मअध्यनरत बालबालिकाहरुको लागी दिवा खाजा कार्यक्रम लागु गरिएको हो । धनपा–७ का वडाध्यक्ष जंगबहादुर आठपहरियाले दिवा खाजा कार्यक्रमको औपचारिक रुपमा समुद्धघाटन गरेका छन् ।

सो अवसरमाबाेल्दै वडाध्यक्ष आठपहरियाले आजका साना-सानाबालबालिकाहरु भोली देशकालागी कर्णधार हुने भएकाले वडा कार्यालयले सानै देखी बालवालिकाहरुको शिक्षा स्वास्थ्य राम्रो बनाउन दिवा खाजा कार्यक्रममा लगानी गरेको बताएका छन् । अध्यक्ष आठपहरियाले चालु आर्थिक वर्षको वजेट कार्यक्रमवाट प्रति विद्यार्थी हरेक दिन ३० रुपैयाँको दरले बालबालिकाहरुको लागी दिवा खाजा कार्यक्रम संचालन गरिएको बताएका छन् । उनले शिक्षा स्वास्थ्य कार्यक्रम अन्तर्गत वडा कार्यालयले निर्णय गरेर दिवा खाजा कार्यक्रम संचालनगरिएको बताएका छन् । सो अवसरमाबाेल्दै त्रिवेणी माध्यामिक विद्यालयका प्रधानाध्यापक इश्वरी प्रसाद अधिकारीले वडा नं. ७ मा एक मात्र सामुदायिक विद्यालय रहेको र विपन्न वर्गका विद्यार्थीहरु पनि बढी आउने भएकाले कार्यक्रम प्रभावकारी हुने बताए । उनले आगामी दिनमा पनि कार्यक्रमले निरन्तरता पाए विद्यार्थी संख्याको चाप बढ्न सक्ने दाबी गरेका छन् । उनले हालनर्सरी कक्षामा २० जना, के.जि.मा २० जना र कक्षा–१ मा २६ जना विद्यार्थी रहेको बताएका छन् । खाजाको व्याबस्थापन वडा कार्यालयले विद्यार्थीको संख्या हेरी मासिक रुपमा छुट्टै क्यान्टिन मार्फत गरेको पनि प्र.अ.अधिकारीले बताएका छन् ।

त्रिवेणी माध्यामिक विद्यालय व्यावस्थापन समितिका अध्यक्ष सुरेन्द्र आठपहरियाको अध्यक्षतामा सम्पन्न दिवा खाजा व्यावस्थापन कार्यक्रममा नेपालपत्रकार महासंघका अध्यक्ष राजेश्वर बहादुर श्रेष्ठ, फोनिजका अध्यक्ष सन्तवीर लामा, वडा सदस्य सन्देश आठपहरिया, वडा सदस्य शान्ता रसाईली, चन्द्रकुमारी आठपहरिया, बालबालिकाहरुकाअभिभावकहरुको उपस्थिति रहेको थियो ।