शनिश्चरे । किशोर किशोरी अवस्थामा पर्न सक्ने नकारात्मक असरबाट जोगाउने कार्यका लागि झापाको दमक नगर पालिकाले सामुदायिक विधालयका विधार्थीहरुलाई उत्प्रेरणामुलक कार्यक्रम संचालन शुरु गरेको छ ।
खासगरी किशोर अवस्थामा आउन सक्ने लागु औषधको कुसंगत, यौनजन्य हिंसा र शारीरिक परिवर्तनबारे दमक नगरपालिका क्षेत्रभित्रका विधालयहरुमा उत्प्रेरणामुलक एक दिने कार्यक्रम संचालन गर्न थालिएको हो ।
गत जेष्ठ १ गते देखि यसखाले कार्यक्रम थालिएको दमक नगरपालिका महिला तथा बालबालिका शाखाकी प्रमुख सहायक महिला विकास निरीक्षक टीका खतिवडाले उल्लेख गरिन् ।
मनोसामाजिक रुपान्तरण संस्था (टीपीओ) नेपालकी मनोपरामर्शकर्ता उर्मिला ओलीले सहजीकरण गरेको कार्यक्रमबाट किशोर अवस्थाका विधार्थीहरुमा धेरै फाईदा पुगेको सहभागि नम्रता दाहालले जनाइन् । कार्यक्रमले विधार्थीहरुलाई समाजमा राम्रा काम गर्न प्ररित गरी कुकर्मबाट जोगाउँन सहयोग पुग्ने अर्का सहभागी कक्षा १० का विधार्थी प्रविनराज सुवेदीले बताए ।