पानवारी । नेपाल आदिवासी जनजाती विद्यार्थी महासंघ सुनसरीको अध्यक्षमा बुद्रोस लिम्बू चयन भएका छन् । नेपाल आदिवासी जनजाती विद्यार्थी महासंघ सुनसरीको तेस्रो जिल्ला भेलाले लिम्बूलाई सर्वसम्मत रुपमा अध्यक्षमा चयन गरेको हो । महेन्द्र बहुमुखी क्याम्पसमा शनिबार सम्पन्न भएको जिल्ला भेलाले १७ सदस्यीय जिल्ला कमिटि चयन गरेको हो । महासंघका केन्द्रिय महासचिव बसन्त लिम्बूको उपस्थितिमा भएको भेलाले ८ वर्षदेखि चयन गर्न नसकेको जिल्ला कमिटि गठन भएको हो । कमिटिको उपाध्यक्षमा चन्द्र किराती र विना राई, सचिवमा सरगम सागर लिम्बू, सह–सचिवमा दिनेश तामाङ र कोषाध्यक्षमा ईश्वर पुलामी चयन भएका छन् । त्यस्तै गरी सदस्यहरुमा मेरिना लिम्बू,घनश्याम थेवे, रविन श्रेष्ठ, हेमराज राई, अर्जुन राई, वाला याम्फु लगायत चयन भएका छन् । १७ सदस्यीय कमिटि गठन भएपनि पछि आवश्यकता हेरेर समितिमा थप गर्न सकिने नवनिर्वाचित अध्यक्ष बुद्रोस लिम्बूले जानकारी दिएका छन् ।