इटहरी ब्लाष्ट । जेठ २५ गते सप्तरीतिरबाट सुनसरी आउँदै गरेको ना २ ख ७१७३ आधा भन्दा बढि भाग खस्यो तर साईडबारले खसेको ट्रक जोगाउँदा कुनै ठुलो क्षती भएन । पुलको ठाउँ ठाउँमा खाल्डाखुल्डी मर्मत नगर्दा सप्तकोशी नदिमा पुःन धनजनको क्षती हुन पुगेको स्थानीयबासीहरुले वताएका छन । सरकारी वेवस्ताकै कारण लामो समय देखि जिर्ण बन्दै गएको सप्तकोशी नदिको पुलमा पुःन दुर्घट्ना हुन पुगेको हो । पुलमा करीब दर्जन भन्दा बढि खाल्डाखुल्डी छन । तर लामो समय देखि उक्त खाल्डाखुल्डी मर्मत गर्ने सम्बन्धीत पक्षले ध्यान नदिदा दुर्घट्नाको उच्च जोखिम रहेको काठमाण्डौ काकडभित्ता बस चालक हरि कटुवालको भनाई छ । रातीको समयमा सप्तकोशीमा हिड्न समेत गाहे हुन थालेको उनको भनाई थियो । लामो समय देखि दुर्घट्नाको जोखिम बढे पनि कुनै निकायले पुल मर्मतमा ध्यान नदिएको वताउँछन भेण्टाबारीका पप्पु यादब । पुलको खाल्डाखुल्डी पुरीदिएको भए बुधबार दुर्घट्ना हुने थिएन पप्पु भन्छन। सप्तकोशीको ठुलो पुल र सानो पुल दुबै जिर्ण हुदा यहाँ आवत जावत गर्ने समेत समस्या हुदै आएको उनको भनार्य थियो । पुल मर्मत नगरेकै कारण दुर्घट्ना हुन पुगेको अधिकांस स्थानीयहरुको गुनासो छ । बुधबार सप्तकोशी नदिमा ट्रक खसे पछि उद्धारको लागी पुगेको जिल्ला प्रहरी कार्यलय सुनसरीका डिएसपी नारायण चिमरियाले पुल माथी खाल्डाखुल्डी भएकै कारण दुर्घट्ना भएको हुन सक्ने आशंका गरे । डिएसपी चिमरिया भन्छन् दर्जन भन्दा बढि ठुला ठुला खाल्डा भएकै कारण दुर्घट्ना भएको हुन सक्छ । यस अघि पनि यसै ठाउँमा दुर्घट्ना भएको बताउँदै उनले सप्तकोशीमा पानीको बहाव बढेको बेला उद्धारमा समेत समस्या भएको जनाए । दुईको मृत्यु ७ घाईते
सप्तकोशी पुलबाट जेसिबि बोकेको ट्रक नदिमा खस्दा दुई जना चालकको मृत्यु भएको छ । सप्तरीबाट सुनसरी तर्फ आउँदै गरेको ना ४ ख ३५६ नम्बरको ट्रक कोशी ब्यारेजको १९–२० नंम्बरको ढोका अगाडी कोशीमा खस्दा दुई जनाको मृत्यु भएको छ भने ७ जना घाईते भएका छन । मृत्यु हुनेहरुमा सुनसरी बराह क्षेत्रकाका ट्रक चालक बिनोद बराइली र जेसिबी चालक झुम्काका घनश्याम चौधरी रहेका छन । उनीहरुको उपचारको क्रममा जिल्ला अस्पतला इनरुवामा मृत्यु भएको सुनसरीका प्रहरी प्रवत्ता डिएसपी नारायाण चिमरियाले वताए । घटनास्थल नजिक पुलमा ठुलो खाडल रहेको कारण ट्रक अनियन्त्रित भइ पल्टिँएको उनको भनाई छ । घटनामा परी कृष्ण चौधरी, सन्तोष अधिकारी, शुक्रराज लामा,आईते संह पर्जा , मणिराज विश्वकर्मा , हरी मगर र राजकुमार मण्डल घाइते भएका छन । घाइतेहरुको जिल्ला अस्पताल इनरुवा र बिराटनगरमा उपचार भैरहेको छ । ट्रक हेटौडाबाट मजदुर बोकेर बिराटनगर आउदै थियो । पुल जिर्ण भएकै कारण दुर्घट्ना भएको हुन सक्ने जिल्ला प्रहरी कार्यलय सुनसरीका एसपी राजन अधिकारी बताउँछन । सप्तकोशीको आयु ६ वर्ष अघि सकियो,पुल जिर्ण बन्दै भारतको कोलकत्तास्थित जोसेफ एण्ड कम्पनी लिमिटेडले एक दशक लगाएर सन् १९६२ मा निर्माण सम्पन्न गरेको सप्तकोशी ब्यारेजको पुलको आयु सकिएको ६ वर्ष भयो । पुलको आयु ५० वर्ष तोकिएको थियो । त्यस अनुसार २०६९ साल मै पुलको आयु सकिएको देखिन्छ। र, पनि हालसम्म प्राविधिक जाँच तथा मर्मतमा परै जाओस पुल माथि भएको खाल्डाखुल्डी समेत देखेको छैन । एक हजार एक सय ४९ मिटर लम्बाई रहेको सप्तकोशी पुलको ५६ ढोका रहेको छन । अहिले उक्त पुलमा माथि कालोपत्रे नगरीएको बाटो जस्तो छ । २०११ सालमा नेपालका तत्कालिन राजा महेन्द्र शाह र भारतका तत्कालीन प्रधानमन्त्री जवाहरलाल नेहरु वीच भएको दुइ पक्षीय कोसी सम्झौता अनुसार सप्तकोसी नदीमा ५६ ढोका रहेको कोसी ब्यारेजको निर्माण गरिएको थियो । सुनसरीको कोसी गाँउपालिकाका अध्यक्ष अयुब अन्सारीले कोसी व्यारेजको म्याद सकिएको पुल जिर्ण बन्दै जादा दुर्घट्ना हुने सम्भावना बढेको वताए । कोसी सम्झौताको पूर्ण रुपमा उंल्लंघन गरी कोसी विडितहरुलाइ राहत र क्षतिपुर्ति नदिएको बताउँदै उनले भने बषौ वित्दा समेत पिडितहरुले राहत पाएका छैनन् उनले भने । अहिले भने पुल जिर्ण बन्दै गईरहेको अन्सारीको भनाई छ ।