पाँचथर ब्लाष्ट । ‘देशका ठुला आयोजनाको ठेक्का राजनितिक दलका नेताले पाए भने के होला ? सहजै अनुमान लगाउँन सकिन्छ । राजनितिक पहुँच र पावरको आडमा अधिकांम्स योजना बीचैमा अलपत्र पर्ने गरेका छन । यस्तै भएको छ, पाँचथरको कुम्मायक गाउँपालिका र तेह्रथुम जोड्ने तमोर नदी माथी निर्माणाधिन मोटरेबल पुल पनि, नेपाली काङग्रेसका महासमिति सदश्य जयराम लामिछानेको स्वच्छन्द निर्माण सेवा काठमाण्डौले ५ बर्ष अगाडी ठेक्का पाएको थियो । तीन बर्षमा पुरा गर्नु पर्ने योजना पाँच बर्ष पुग्दा समेत निर्माणको ४० प्रतिशत मात्रै काम हुदा दुवै जिल्लाबासीलाई सकस भएको छ । निर्माण कम्पनीले पुलमा कमसल निर्माण सामग्री प्रयोग गर्नुका साथै योजना ढिलो गरि अघि बढाएको भन्दै दुवै जिल्लाका जनप्रतिनिधीले पुलको स्थलगत अनुगमन निरीक्ष्ँण गरि गुणस्तरीय समान प्रयोग गर्न र चाडो काम अघिबढाउन निर्देशन दिएका थिए । जनप्रतिनिधीको स्थलगत अनुगमन निरीक्ष्ँण पछि तमोर नदीको लुम्वुघाटमा निर्माणाधीन मोटरेबल पुल केही समय स्थगीत भएको थियो । निर्माण कम्पनीले पुलमा कमशल सामाग्रीको प्रयोग गरेको जनगुनासो आएपछि दुवै जिल्लाका जनप्रतिनिधीले फरक–फरक समयमा पुलको स्थलगत अनुगमन गरेका हुन् । विभिन्न बाहाना देखाउदै पुल निर्माणमा ढिलाई गर्दै आएको स्वछन्द निर्माण सेवालाई पुलमा प्रयोग गरीएका सामग्रीको ल्याव टेष्ट रिपोर्ट नआउन्जेल सम्म काम रोक्न जनप्रतिनिधीले निर्देशन दिए पछि लामो समय देखी पुलको निर्माण कार्य रोकीएको थियो । निर्माणमा प्रयोग भैरहेका सामाग्रीको परीक्षण रिपोर्ट आएपछि मात्र काम अघि वढाउन भनीएको पा“चथरबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित बसन्तकुमार नेम्वाङले वताए । पा“चथर वाट नेम्वाङ सहितको जनप्रतिनिधी र तेह्रथुम वाट पनि म्याङलुङ नगरपालिकाका मेयर संजय तुम्वाहाम्फे नेतृत्वको जनप्रतिनिधीको टोलीले फरक–फरक मितिमा पुलको स्थलगत अनुगमन निरीक्षण गरेका थिए । निर्माण कम्पनीले पुल निर्माणमा ढिलाई गरीरहेको र निर्माणमा प्रयोग गरीएका सामग्री समेत कमसल रहेको जनगुनासो आएपछि पुलको स्थलगत अनुगमन निरीक्ष्ँण दुबै जिल्लाका जनप्रतिनिधीले गरेका थिए । अनुगमनका क्रममा जनप्रतिनिधीले पुल निर्माणको काम सुस्त गतिमा गएको र कमशल सामाग्रीको प्रयोग गरिएको भन्दै तिब्र असन्तुष्टि जनाएका थिए । पुल निर्माणमा प्रयोग भएका सामाग्रीहरु कमशल रहेको भेटीए पछि त्यसबारे थप परीक्षण गर्न सम्बन्धित कार्यालयलाई निर्देशन दिएको पा“चथरका सांसद नेम्वाङले बताए । पा“चथरकै कुम्मायक गाउ“पालिकाका अध्यक्ष जयबहादुर चेम्जोङ सहितका जनप्रतिनिधिले पनि पुल निर्माणको काम चा“डै सक्न माग गरेका छन् । निर्धारीत समयमा पुल निर्माणको काम सम्पन्न नहुदा दुई जिल्लाका नागरिकले सास्ती भोग्नु परेको गाउ“पालिका अध्यक्ष्ँ चेम्जोङले वताए । सडक डिभिजन कार्यालय धनकुटाले स्वच्छन्द निर्माण सेवा काठमाडौंलाई ३ वर्षमा काम सम्पन्न गर्नेगरी ५ वर्ष अघि ठेक्का सम्झौता गरेको थियो । तर अहिले सम्म ४० प्रतिशत पनि काम पुरा नभएको सडक डिभिजन प्रमुख विष्णुप्रसाद काफ्लेले वताए । भारतीय नाकाबन्दी, बाढी पहिरो, सामान ढुवानीमा सडकको समस्या लगायतका कारण पुल निर्माणमा ढिलाई भएको निर्माण कम्पनीले जनाएको छ । निर्माण कम्पनीले पाँच वर्ष पुग्दा चार वटा पिलर हालेर पुलको सहत ढलान गरेको छ । बा“की ६० प्रतिशत कामको अवस्था लथालिङग देखिन्छ । सडक डिभिजन कार्यालयका अनुसार १ सय ६० मिटर लामो पुलमा ९२ मिटर ढलान हुनेछ भने बांकी ५७ मिटर स्टिलको ट्रष्ट राखिनेछ । दुई लेनको पुल निर्माणका लागि स्वछन्द निर्माण सेवाले २०७० सालमा १५ करोड ३६ लाख रुपैयाको लागतमा निर्माण सम्पन्न गर्न ठेक्का सम्झौता गरेको थियो । २०७३ सालमा निर्माण सम्पन्न हुनुपर्ने पुल निर्माण कम्पनीको लापरवाहीका कारण दुई वर्ष ढिला हुदा पनि आधा काम पनि सम्पन्न भएको छैन् । पुलमा २ वटा पिलर, ४ वटा स्लाप र ६० मिटर लम्बाईको ट्रष्ट निर्माण गर्न बा“की रहेको छ । निर्माण कम्पनीले पटक पटक म्याद थप गर्दै आएपनि अहिलेसम्म ५० प्रतिशत पनि काम सम्पन्न नगरेको डिभिजन प्रमुख काफ्लेको भनाई छ । हिउँदको समयमा कामको प्रगति बढ्नु पर्ने थियो तर त्यो भएको छैन । प्रमुख काफ्लेले भने । बर्खाको समयमा नदिमा पानीको मात्रा बढ्ने भएकाले बर्खाको समयमा काम नहुदा योजना ढिलो हुने गरेको उनि बताउछन् । तर यता निर्माण कम्पनीका जयराम लामिछानेले आयोजनाको काम ढिलो हुनमा पहिलो चरणको कामको भुक्तानी हाल सम्म नदिएको र पुल निर्माणको लागि कच्र्चापदार्थ ढुवानी गर्ने सड्कको कारण यस्तो समस्या देखा परेको बताउँदै आएका छन । पहिलो चरणको ठेक्का सम्झौत्ता सकिएकाले पुनः म्याद थप गरिएका कारण अर्को आर्थिक बर्ष सम्म सम्पन्न हुने दावि गरे । तमोर नदी माथी बनीरहेको यो पुलले पा“चथरको कुम्मायक गाउ“पालिका र तेह्रथुमको म्याङलुङ नगरपालिकालाई जोड्नेछ । पा“चथरको सदरमुकाम फिदीम र तेह्रथुमको सदरमुकाम म्याङलुङ जोड्ने छोटो दुरीको यो पुल निर्माण पछि मेची र कोशी राजमार्गको सिधा सम्पर्क समेत जोडिनेछ । तर निर्धारीत समय भन्दा २ वर्ष ढिला भैसक्दा पनि पुल निर्माणले गति दिन सकेको छैन् ।

तेह्रथुम र पा“चथर जोड्ने तमोर नदीको लुम्वुघाटमा निर्माणाधिन माटेरेबल पुलको काम अलपत्र अवस्थामा । तीन वर्षमा सम्पन्न हुनुपर्ने पुल ६ बर्षमा पनि अधुरै ।