विराटनगर । इटहरी ४ मा रहेको किन्डर पिलर प्रि स्कूलले अन्तराष्ट्रिय योग दिवस मनाएका छन् । स्कूल परिसरमा बिहीबार एक कार्यक्रम आयोजना गरी विद्यार्थी र शिक्षकहरुले योग दिवस मनाएका हुन् ।
योग दिवसको अवसर पारेर आयोजना गरेको कार्यक्रममा पतन्जली योग पिट हरीद्धवारबाट टेनिङ लिएर आएकी उक्त स्कुलकी शिक्षक उपमा श्रेष्ठले विद्यार्थी र शिक्षकहरुलाई योग गर्न सिकाएकी थिइन् । उनले स्कूलका अध्ययन गर्ने ४० भन्दा बढी विद्यार्थी र शिक्षकहरु योग गर्न सिकाएको स्कूलकी निर्देशिका श्रुती शर्माले जानकारी दिइन् ।