विराटनगर । स्कूल पढने आफना छोरा छोरीलाई आमा–बुवाले दैनिक खाजा खर्च भनेर पैसाँ दिने गर्दछन् । अभिभावकले दिएको पैसाँ टिपन समयमा खाजा खानमै खर्च गर्दछन् । तर, विराटनगरमा रहेको पूर्वाञ्चल विद्या सदन सेकेण्डरी बोर्डिङ स्कूलको कक्षा आठमा अध्ययनरत विद्यार्थीहरुले भने एउटा समाजिक कामको लागि खाजा खाने पैसाँ जम्मा गरी त्यसमा खर्चिएका छन् । त्यो पनि उनीहरुकै उमेर समूहका बाल आश्रममा अध्ययन गर्ने विद्यार्थीको लागि ।
अभिभावकले दैनिक रुपमा खाजा खान दिएको पैसाँ जम्मा गरी विद्यार्थीहरुले विराटनगरमा रहेको पूर्वाञ्चल बाल आश्रममा अध्ययन गर्ने विद्यार्थीको लागि स्टेशनरीको समाग्री वितरण गरेका छन् । पूर्वाञ्चलका विद्यार्थीहरुले १० हजार २ सय मुल्य बरावरको स्टेशनरी समाग्री शुक्रबार बालआश्रममा वितरण गरेको स्कूलका शिक्षक बिजेस यादवले जानकारी दिए ।
‘सामाजिक काम गर्न हामी सबैको इच्छा थियो,’ कक्षा आठमा अध्ययरत विवेक यादवले भने, ‘कक्षामा सल्लाहा गरेपछि खाजा खर्च कटाई बालआश्रमका विद्यार्थीलाई सहयोग गरेका हौं ।’
स्कूलका प्रिन्सिपल अर्जुन श्रेष्ठले विद्यार्थीहरुको आफनै सक्रियताले समाजिक काममा अगाडी बढेको बताए ।