धरान (ब्लाष्ट) । माध्यामिक शिक्षा परीक्षा (एसईई) २०७४ को नतिजा शनिबार राति प्रकाशित भएकोे छ । राष्ट्रिय परीक्षा बोर्डका अनुसार १४ हजार दुईसय ३४ जना विद्यार्थीले ३ दशमलव ६ देखि ४ ग्रेड प्वाइन्ट एभरेज (जीपीए) ल्याएका छन् । गत चैतको अन्तिम साता भएको परीक्षामा ४ लाख ६३ हजार ६ सय ८९ मध्ये नियमितमा ४ लाख ५१ हजार ५ सय ३२ विद्यार्थी उर्तीण भएका छन् ।
३ दशमलव २ देखि ३ दशमलव ६ जीपीए ल्याउने विद्यार्थी ४६ हजार १ सय ३० जना छन् । २ दशमलव ८ देखि ३ दशमलव २ जीपीएसम्म ल्याउने विद्यार्थीको संख्या ४९ हजार ३७ जना रहेका छन् । साथै २ दशमलव ४ देखि २ दशलमव ८ जीपीए ल्याउने विद्यार्थी ७० हजार ५ सय १२ जना, २ देखि २ दशमलव ४ जीपीए ल्याउने ६१ हजार ८ सय ७० जना रहेका छन् ।
त्यस्तै १ दशमलव ६ देखि २ जीपीए ल्याउने एक लाख १० हजार ४३ विद्यार्थी छन् । १ दशमलव २५ देखि १ दशलव ६० सम्म ल्याउने ३५ हजार ५ सय ८५ जना विद्यार्थी रहेका छन् छ । सून्य दशलव ८५ देखि १ दशमलव २० ल्याउने ५८ हजार ६ सय ८८ विद्यार्थी रहेका छन् ।
७७ जिल्लाका १ हजार ९ सय ५६ केन्द्रबाट २ लाख ५९ हजार ७ सय ३२ छात्र र २ लाख ७८ हजार ४ सय ५० छात्रा गरी ५ लाख ३८ हजार एक सय ८२ जना परीक्षार्थी सहभागी बनेका थिए । परीक्षा नियन्त्रक अम्बिकाप्रसाद रेग्मीले शनिबार साढे सात बजे पत्रकार सम्मेलन गरेर नजिता सार्वजनिक गरेका थिए । ग्रेडिङ प्रणालीअनुसार नतिजा सार्वजनिक गर्ने गरेको छ । बोर्डले नियमित आंशिक, संस्कृत र प्राविधिकतर्फ सबैको नतिजा शनिबार नै प्रकाशित गरेको छ । परीक्षामा सहभागीमध्ये ३० जनाको रद्द भएको छ ।