इटहरी । माध्यामिक शिक्षा परीक्षा (एसईई)को जिल्लागत नतिजा आउँन ढिलाई भएको छ । परीक्षा नियन्त्रण कार्यलय काठमाण्डौले जिल्लागत रुपमा नतिजा नपठाउँदा सुनसरी जिल्लाले जिल्लाको नतिजा सार्वजनिक गर्ने नसकेको बताएको छ । जिल्ला शिक्षा कार्यलय सुनसरीका परीक्षा शाखाका सोममणि कोईरालाले परीक्षा नियन्त्रण कार्यलयले आईतवार न पठाउँनु पर्ने नतिजा नपठाउँदा जिल्लाका कति विद्यार्थीले कुन ग्रेड लिए भन्ने जिल्लागत तथ्याक आउँन समस्या भएको वताए । उनले भने विद्यालयहरुले नतिजा हेरे पनि जिल्लागत आकडा गर्ने गाहे भयो । सुनसरीबाट यो बर्षको माध्यामिक शिक्षा परीक्षा (एसईई) १२ हजार ३ सय ७४ जनाले परीक्षा दिएका थिए । जिल्लाभर ९७ सामूदायिक, १ सय ६८ संस्थागत र पाँचवटा प्राविधिक विद्यालयका विद्यार्थी सहभागी भएका थिए । परीक्षाका लागि ४७ वटा परीक्षा केन्द्र तोकिएको थियो ।