इलाम । स्थानीय सरकार सेवा प्रदायक निकायबाट सविंधानले दिएका अधिकार समेत सेवाग्राहीलाई दिन नसकेको कार्यक्रमका एक सहभागिले बताए । नेपालको सविंधानको अनुसुची आठ मा २२ प्रकारका विषयगत सेवाहरुलाई स्थानीय तहले कानुन निर्माण गरि कार्य सम्पादन गर्नसक्ने एकल अधिकार दिए तापनि स्थानीय सरकारले दिन नसकेको गुनासो प्रकट गरे । मानव अधिकार मञ्च,जागरण नेपाल तथा माई नगरपालिकाको समन्वयमा आयोजना गरिएको सेवा प्रदायक निकाय र सम्बन्धित संस्थाका सदस्यहरुबीच जिल्ला स्तरीय परामर्श कार्यशाला गोष्टी बोल्दै रेडक्रस उपशाखाका पूर्व सभापति कृष्ण खाकीले स्थानीय सरकारले एक वर्ष बितिसक्दा समेत सेवाग्राही कहाँ जाने भन्ने भ्रम चिर्न नसकेको बताए । माई नगरपालिका वार्ड नम्बर एक सदुवा निवासी चन्द्रकला श्रेष्ठले प्रति किलो ६५ रुपैँया पर्ने धानको बिउ कृषि कार्यालयबाट ११५ रुपैँया भनेपछि तत्काल धानको बिउ नपाएपछि कृषकहरु मारमा परेको भन्दै गुनासो व्यक्त गरिन् । उनले भनिन् “वडा कार्यालयले कृषकलाई धानको बिँउ वितरण गर्ने भनि बजेट छुट्याई कृषि कार्यालय मार्फत बिँउ वितरण गर्ने भनेपछि सबै कृषकहरु खुशी भएको तर कृषि कार्यालयले प्रति किलो ६५ रुपैँया पर्ने बिउँ ४० रुपैँया बढी मूल्य भनेपछि वडाभरिकै कृषकहरु चिन्ति भयौँ । बिउँ नपाएपछि घरमा चामल खान राखेको धान रोप्न बाध्य हुनु परेको छ अहिले वडाले भने सो बजेट फिर्ता गरि सुपारी र कफिका बिरुवा वितरण गर्ने भनेको छ । गैर सरकारी महासंघ इलामका अध्यक्ष कमल नेपालले प्रस्तुत गरेको स्थानीय तहले दिने आधारभूत सार्वजनिक सेवा लक्षितवर्गमा सेवा प्रवाह र पहुँचको छलफल सम्बन्धि कार्यपत्रमाथि लक्षितवर्गको समस्या जहाँको त्यहीँ रहेको देखिन्छ । कर्मचारीलाई सोधेर काम गर्ने वा जनप्रतिनिधिलाई सोधेर कार्य गर्ने त्यो पनि लक्षितवर्गमा अत्तोपत्तो छैन । हालका स्थानीय तहहरुमा नागरिक बडापत्रमा कुन सेवा कहाँ पाउने त्यो समेत लेखिएको छैन यसले गर्दा सेवाग्राही झनै मर्कामा देखिन्छन् । जनप्रतिनिधिलाई समस्या समाधान गर्न पठाए पनि समस्या सरी हेर्दा स्थानीइ सरकार गाउँगाउँमा पुगे तापनि कुन कार्यमा कसले भूमिका खेल्ने,को जवाफदेही बन्ने भन्ने विषयमा अझै दोधार छ । जनताका समस्या जिउको तिउ छन् । पशुसेवा शाखा कार्यालय माइ नगरपालिका अन्तर्गत निशुल्क जुकाको औषधि वितरण, आकस्मिक रोग नियन्त्रण,रेविज विरुद्धको खोप,कृत्रिम गर्भाधान निशुल्क दिदैँ आएको छ ।त्यस्तै माई गरपालिका वाख्राको पकेट क्षेत्र रहेकाले वार्ड नम्बर दशलाई वाख्राको पकेट क्षेत्र बनाउनेमा जोड दिएको छ । वाख्राको खोर निर्माणमा अनुदान गरि पकेट क्षेत्र घोषणा गरिने,पशु स्वास्थ्य,गाई भैँसी पालन दुग्ध उत्पादनमा जोड दिएको छ । माई नगरपालिकाका स्वास्थ्य सयोंजक काशिराम यादवले माई नगरपालिकामा स्वास्थ्य मन्त्रालय अन्तर्गतका मात्र कार्यक्रम रहेको बताए । नगरपालिकामा तीन वटा स्वास्थ्य चौकी र एक वटा सामुदायिक स्वास्थ्य इकाई गरि जम्मा चार वटा रहेका छन् । यसमध्ये प्रयोगशाला दनाबारीमा मात्र रहेको जसमा इलाम जिल्लाकै सबैभन्दा प्रभावित क्षेत्र दानाबारी,चिसापानी र महमाई रहेकाले क्षयरोग,एच.आई.भी एड्स,औलोको निशुल्क परिक्षण हुने गरेको छ । यस्तै झापाको सिमाना रहेको यस क्षेत्रमा हात्तीपाइले संक्रमण बिरामी भेटिएकाले हात्ती पाइले कार्यक्रममा अनिवार्य सहभागी हुनुपर्ने यादवको भनाई छ । महिलामा दश वर्षमा पाठेघरका मुखमा क्यान्सर रोगको निशुल्क भीआइए परिक्षण गरि उपचार समेत गरिदैँ आएको बताए । यसरी सम्बन्धित संस्थाबाट कुनकुन सेवाप्रवाह हुने भन्ने समेत कार्यक्रममा छलफल गरि सेवाग्राहीलाई प्रष्ट पारिएको थियो । कार्यक्रममा उद्योग वाणिज्य संघ माई नगरपालिकाकी उपाध्यक्ष डिल्लीमाया भट्टराईले लक्षितवर्ग,महिलाका समस्याहरुलाई सम्बन्भिधत निकायमा पुर्याउन मानव अधिार मञ्च तथा जागरण नेपालले महत्वपूर्ण भूमिका खेलेको र यस्ता कार्यक्रम गरि सरोकारवाला निकायमा आफूहरुको ध्यानाकर्षण रहने बताइन् । कार्यक्रमका अध्यक्ष तथा मानव अधिकार मञ्च इलामका अध्यक्ष मोहनसिंह थेबेले सिमान्तकृत महिला,आदिवासी जनजाती,पिछडिएको समूदाय तथा लामो समयदेखी सुविधा वञ्चित रहेका महिलाहरुको नेतृत्व र क्षमता विकासमा मानव अधिकार मञ्च लागि परेकाले महिलाहरु अधिकार,निति नियम र समाजमा स्थापित हुनुपर्नेमा समेत जोड दिए । उनले जनप्रतिनिधिहरु नजान्ने र कमजोर नहुने हुनाले सबै कुरामा जनकार भई लक्षितवर्गसम्म पुग्न सक्नुपर्ने नभए आफ्ना प्रतिबद्धता फिर्ता गर्नुपर्नेमा समेत ध्यानाकर्षण गराए । जनता समक्ष चिप्ला र झूट कुरा नगरि ठोस कुरामा जोड दिई कार्य गर्नुपर्नेमा जोड दिए । स्थानीय तहको अधिकार केन्द्रमा फिर्ता भए मानव अधिकार कर्मीले आवाज उठाउने बताए ।