पथरी(ब्लाष्ट) मोरङको पथरीशनिश्चरे नपा–१ स्थीत पथरी हस्पिटलमा भएको बालक मृत्यु घटनाबारेमा आफ्नो कुनै संलग्नता नरहेको एक डाक्टरले बताएका छन् । मंगलबार पथरीशनिश्चरेमा पत्रकार सम्मेलनको आयोजना गरी डा.शौरभ आर्चायले सो कुरा बताएका हुन । उनले आफु दुईदिनको विदामा बसेको बेलामा आकस्मिक कक्षमा भर्ना गरिएको पथरीशनिश्चरे–३, सुन्दरी चौकका १८ महिने सोहन राईको उपचारमा आफ्नो कुनै भूमिका नरहेको बताए । आकस्मिक कक्षमा कस्ले भर्ना गरेको हो? अस्पतालको प्रमुख डाक्टर विदामा बसेको समयमा गम्भिर प्रकृतीको बिरामी भर्ना गरेर अस्पतालमा पारामेडिसिनहरुले आफ्नो भाग्य र भविश्य माथी खेलवाट गरेको बताएका छन् । उनले भने –‘मलाई ओभरटेक गरेर अस्पतालका स्वास्थ्यकर्मीहरु उपचारमा संम्लग्न भएको अस्पतालमा उपलव्ध कागजातले प्रष्ट पारेको छ । दुइ दिनको विदा पछि अस्पताल आउँदा विरामी अवस्था चिन्ता जनक अवस्थामा देखे पछि मैले तत्काल विशेषज्ञ चिकित्सककोमा थप उपचार लागी लैजाने रिफर गरिदिए ।’ विरामीको उपचारमा डा.आर्चायको कुनै संम्लग्नता नरहेको प्रष्ट हुदा हुदै पनि स्थानिय जनप्रतिनिधीहरुको ठाडो आदेशमा आर्चायलाई हस्पिटलबाट हटाउने निर्णय गरेको छ । हस्पिटल संचालकले हटाउने लिखित निर्णय गरे पछि डा.आर्चायले प्रेस विज्ञप्ती निकाल्दै गम्भिर ध्यानआर्कषण भएको जनाएको छ । विज्ञप्ती मार्फत उनले अस्पताल विरामीलाइ जिवन दिने ठाँउ हो । मृत्युबाट जोगाउने ठाँउ हो । म आफु डयूटीमा रहदा विरामीलाई उपचार असम्भव देख्ना साथ थप उपचारका लागी रेफर गरेको छु । तर पथरी अस्पतालका पारामेडिसीनहरुको लापरवाहिका कारण ति विरामीको मृत्यु भएको हो वा डाक्टरको लापरवाहिका कारण मृत्यु भएको हो ? यस विषयमा छानविन समिती गठन गर्न माग गर्दै डाक्टरहरुको मानहानी गर्ने,निरुत्साहित गर्ने तथा अपमान गर्ने कार्य तत्काल वन्द गर्न समेत माग गरेका छन् । हस्पिटलमा लगानी गरेकै भरमा पारामेडीसिनहरुले आफुलाई डाक्टरकैरुपमा विरामीलाई उपचार गर्ने र आफ्नो शौक्षिक योग्यताको दुरुपयोग गर्ने गरेका र गम्भिर प्रकृतीका विरामीलाइ समेत डाक्टरकको अनुपस्थित औषधी चलाउने स्वास्थ्यकर्मीले आम पथरीवासीमा कस्तो उपचार सेवा दिइरहेका छन् ? उने प्रश्न गरे । हस्पिटलहरुले आर्थिक प्रलोभनमा परेर डाक्टरको अनुपस्थितीमा अस्पतालको लेटरप्याड प्रयोग गरि गम्भिर प्रकृतीका विरामी भर्ना गर्ने चलन वन्द हुनु पर्ने माग पनि गरेका छन । पथरी हस्पिटलको लापारबाहीका कारण १८ महिने बालकको ज्यान गएको पीडित पक्षले आरोप लगाएका थिए । जेठ २८ गते उपचारको क्रममा विराटनगर स्थीत नोबेल अस्पतालमा सोहन राईको मृत्यु भएको थियो । सोहन राई मुत्यु पछि शवलाई पथरी हस्पिटलमा राखेर विभिन्न माग राख्दै आफ्न्तले हस्पिटल घेराउ गरेका थिए । उत्पन्न बिवादको समस्या समाधान गर्न इलाका प्रहरी कार्यालय पथरीमा भएको पीडित पक्ष र हस्पिटल संचालक दुई पक्ष बार्ताले क्रिया खर्चबापत रु १ लाख दिने सम्झैँता गरेर समस्याको सामधान गरेका थिए । घरमा सामान्य ज्वरो आएपछि वच्चालाई उपचारका लागि नगरमा रहेको पथरी हस्पिटलमा जेठ २७ गते आइतवार भर्ना गरेका थिए । हस्पिटलमा भर्ना गरेपछि चिकित्सकले सामान्य ज्वरो, एम्युनिया र रगतमा खरावी देखिएको भन्दै हस्पिटलमा नै उपचार सम्भव हुने बताउदै वच्चाको स्वास्थ्य परिक्षण गर्दै आएका थिए । तर हस्पिटल भर्ना गरिएको २४ घण्टा नपुग्दै वच्चाको जेठ २८ गते सोमवार दिउँसो नाकमा रगत आएको र केहि समय पछि मुखवाट रगत वान्ता हुन थालेपछि उपस्थित भएका वच्चाका आफ्न्तहरु आतिन थालेपछि डा. आर्चायले थप उपचारका लागी विराटनगरको नोवेल मेडिकल कलेजमा रिफर गरेको थियो ।