विराटनगर । विराटनगर महानगरपालिका क्षेत्रमा रहेको निजी विद्यालयहरुले यस वर्षको एसईई परीक्षामा उत्कृष्ट नतिजा ल्याएका छन् । राष्टिूय परीक्षा बोर्डले गत चैतमा लिएको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा शनिबार सार्वजनिक गरेसँगै यहाँका विद्यालयहरुले उत्कृष्ट नतिजा ल्याएका हुन् । विराटनगरमा रहेको एभरेष्ट स्कूलकी कृतीका थापाले ४ जीपीए ल्याएकी छिन् । एभरेष्टबाट १ सय ४७ जनाले दिएको परीक्षामा ९० जनाले ३.६१ जीपीए भन्दा बढी, ५६ जनाले ३.२५ देखी ३.६ जीपीए ल्याएको स्कूलका प्रिन्सिपल टिकाराम पुरीले जानकारी दिए । त्यस्तै सगरमाथा स्कूलबाट १ सय ८१ जना विद्यार्थीले दिएको परीक्षामा ५१ जना विद्यार्थीले ३.६ जीपीए, १ सय २५ जनाले ३.२ देखी ३.५ जीपीए र ५ जनाले ३.१० जीपीए ल्याएको स्कूलका प्रिन्सिपल बिनोद अधिकारीले बताए । त्यस्तै मोर्डन एरा स्कूलबाट ६० जनाले दिएको परीक्षामा ४ जनाले ३.९ जीपीएसहित उत्कृष्ट नतिजा ल्याएको स्कूलका संस्थापक निर्देशक इन्द्र राईले जानकारी दिए । त्यसैगरी विराटनगरको हाटखोलामा रहेको ग्रेडेड स्कूलबाट ३८ जना विद्यार्थीले दिएको परीक्षामा सुरज खड्का उत्कृष्ट नतिजा ल्याएका छन् । उनले ३.८५ जीपीए ल्याए स्कूल टप गरेका छन् । ४ जनाले ३.६ जीपीए, २३ जनाले ३.२ देखी ३.५ जीपए र ११ जनाले ३.२ जीपीए भन्दा बढी ल्याएको स्कूलका प्रिन्सिपल प्रेमलालसिंह सुवालले जानकारी दिए । त्यस्तै कान्तिपुर स्कूलबाट २८ जनाले दिएको परीक्षामा ४ जनाले ३.६ जीपीए, १४ जनाले ३.२ देखी ३.५ जीपीए सहित उत्कृष्ट नतिजा ल्याएको स्कूलले जनाएको छ । ६६ जना विद्यार्थी सहभागी बुढानीलकण्ठ स्कुलबाट ११ विद्यार्थी ए प्लस, ३४ जनाले ए र २१ जना विद्यार्थीले बी प्लस ग्रेड ल्याएका छन् । त्यस्तै अन्नपूर्ण एकेडेमी विराटनगरबाट १ जना विद्यार्थीले ए प्लस, १३ जनाले ए र ९ जनाले बी प्लस ल्याएका छन् । १०७ विद्यार्थी सहभागी सेन्ट जोसेफ स्कुलबाट ७७ जनाले ए प्लस, र ३० जनाले ए ग्रेड ल्याएका छन् । विराटनगरमा रहेको पूर्वाञ्चल विद्या सदन, नमुना बोर्डिङ स्कूल, गौतम बुद्ध, बीकेभिएम, केभिएम, अरनीको स्कूल, लर्डबुद्ध, मदर टेरेसा, सेन्टजोसेफ, अर्किड, सिद्धार्थ, अन्नपूर्ण एकाडेलगायतको स्कूलले उत्कृष्ट नतिजा ल्याएका छन् । त्यसैगरी मोरङको बढीगंगा गाउँपालिकामा रहेको मोरङ पब्लिक स्कूलले समेत उत्कृष्ट नजिता ल्याएको छ ।
सामुदायिक स्कूल समेत अब्बल एसईई परीक्षामा विराटनगरका सामुदायिक विद्यालयले उत्कृष्ठ नजिता ल्याएका छन् । अंग्रेजी माध्यमवाट पढाई हुने विराटनगरको सामुदायीक स्कुल पोखरीया माध्यामिक विद्यालयकी समीक्षा नेपालले ४ जीपिए सहित ७२ जना विद्यार्थीले ‘ए प्लस’ ल्याएका छन् । २ सय ५१ जना विद्यार्थीले सहभागिता जनाएकामध्ये ८८ जनाले ‘ए’, ४२ जनाले ‘बी प्लस’ ल्याएका छन् । ४९ जना विद्यार्थीले सी र बी प्लस ग्रेड ल्याएको प्रध्यानाध्यापक खेमराज भट्टराईले जानकारी दिए । उनी गत बर्षको तुलनामा रिजल्ट राम्रो आएको बताउँछन् । त्यस्तै विराटनगरको पुरानो विद्यालय आदर्श स्कुलले पनि उत्कृष्ठ नतिजा ल्याएको छ । प्रध्यानाध्यापक तुलसी दुलालका अनुसार परीक्षामा सहभागी विद्यार्थीहरुले उत्कृष्ठ नतिजा ल्याएका हुन् । नेपाली र अंग्रेजी मिडियममा गरी १ सय २४ जना विद्यार्थीले परीक्षामा सहभागिता जनाएका थिए । तीमध्ये १७ जना ए प्लस, ४८ जना ‘ए’ र ३० जना ‘वि प्लस’, २० जना बि र ९ जनाले सी प्लस नतिजा ल्याएका छन् । स्कुलबाट ग्रेट पद्धति सुरु भएयता उत्कृष्ठ नतिजा ल्याएको विद्यालयको दाबी छ । विराटनगरकै सत्यनारायण स्कुलले पनि उत्कृष्ठ नतिजा ल्याएका छन् । प्रध्यानाध्यापक धर्मानन्द खरेलका अनुसार परीक्षामा १५५ विद्याथी सहभागी भएका थिए । तीमध्ये २३ जनाले ए प्लस, ४३ जनाले ए र २९ जनाले वी प्लस नतिजा ल्याएका छन् । त्यस्तै १६ जनाले बी, ३४ जनाले सी प्लस, र ९ जनाले सी ग्रेट ल्याएका छन् ।