पानवारी । केके इन्टरनेसनल स्कुल धरानले अन्तराष्ट्रिय स्तरको अर्वाड जितेको छ ।
ब्रिटिस काउन्सिलले हरेक वर्ष दिने ‘अन्तराष्ट्रिय स्कुल अवार्ड’ र ‘बेष्ट कोल्याबरेटिभ अवार्ड’ यस वर्ष केके इन्टरनेसनलले पाएको हो । काठमाडौमा आयोजित कार्यक्रममा श्रीलङ्का, भारत, अफगानिस्तान, आयरल्याण्ड लगायत विभिन्न देशका विद्यालय तथा शिक्षक विद्यार्थीस“गै केके स्कुलका विद्यार्थीले विभिन्न तेह्र विधामा परियोजना कार्य गरेका थिए । स्कुलका प्रिन्सिपल भिक्टर जोसेफका अनुसार सबै विधामा अब्बलता हा“सिल गरेपछि स्कुलले अवार्ड जित्न सफल भएको हो । उनले ‘किताबी ज्ञानबाहेक अतिरिक्त क्रियाकलापमा समेत विद्यार्थीहरुले पाएको यो सफलता ठूलो हो ।’
विद्यालय सहभागी भएको पहिलो वर्ष नै अवार्ड जित्न सफल भएको भन्दै विद्यालयले पाएको सफलता धरानकै शैक्षिक क्षेत्रको गौरबको विषय भएको समेत प्रिन्सिपल जोसेफले दाबी गरे । विभिन्न ५२ ओटा राष्ट्रमा सञ्चालित यो एउटा अनलाइन कायक्रम हो । जसले पाठ्यक्रममा आधारित भएर विद्यार्थीहरुको सर्वाङ्गीण विकासमा सहयोग पु¥याउ“छ ।