विराटनगर, रासस । झापाका दुई चिया उद्योग विरुद्ध न्यून गुणस्तरको चिया उत्पादन गर्ने र मापदण्ड पूरा नगरेकाे भन्दै मुद्दा दायर गरिएको छ । क्षेत्रीय खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय विराटनगरद्धारा नियमित तथा विशेष बजार अनुगमनका क्रममा नेपाल चिया विकास निगम झापा र हरि टी इन्डस्ट्रिज प्रालि भद्रपुर झापाले उत्पादित चिया परीक्षण गर्दा न्यून गुणस्तर पाइएपछि झापा जिल्ला प्रशासन कार्यालयमा मुद्दा दायर गरिएको हो । जाँच अनुसन्धानका क्रममा मापदण्डअनुसार चिया उत्पादन नगरेको र उत्पादित चियाको प्याकेटमा लेबल विवरण अपूर्ण रहेको भेटे पछी खाद्य निरीक्षक दिनेश ढुंगानाले जिल्ला प्रशासन कार्यालय झापामा मुद्दा दायर गर्नुभएको हो । कार्यालयका अनुसार चिया विकास निगमद्वारा उत्पादित टोक्ला चिया न्यून गुणस्तर रहेको छ भने हरि टी इन्डस्ट्रिजद्वारा उत्पादित चियाको प्याकेटमा लेबल विवरण अपूर्ण रहेको छ ।