धनकुटा/ धनकुटाको एक सामुदायिक विद्यालय व्यवस्थापन समितिको अध्यक्ष, सम्बन्धित विद्यालयका प्रधानाध्यापक र परिक्षा लिने निकायको मिलेमतोमा परिक्षार्थिलाई थाहै नदिई सुटुक्क परिक्षा गराउन लाग्दा उजुरी परेपछि बुधबार परिक्षा स्थगित भएको छ ।
पाख्रीवास नगरपालिका वडा नं.१ सान्नेमा रहेको अन्नपुर्ण माध्यामिक विद्यालयको प्राथमिक तह तृतिय श्रेणीमा करार पदमा शिक्षक नियुक्ति गर्न वुधवार शिक्षा विकास तथा समन्वय ईकाई धनकुटामा लिखित परिक्षा लिन लागीएको थियो । तर, परिक्षा दिनको लागी फर्म भरेका ९ जना मध्ये केहीलाई खबर नै नगरी शिक्षा विकास तथा समन्वय ईकाई धनकुटामा बुधबार १० वजे देखी परिक्षा गराउन लागे पनि परिक्षा हुने समय जानकारी नै नदिई परिक्षा गराउन लागेको भन्दै उजुरी परेपछि परिक्षा स्थगित गरिएको हो । परिक्षा दिन फर्म भरेका ९ जना मध्ये पाख्रीबास नगरपालिका वडा नं.१ का सरोज धमलाले आफुलाई लिखित परिक्षा असार १३ गते हुन्छ भन्ने थाहा भएको तर कति वजे भन्ने समय थाहा नभएको वताए । धमलाले आफु १० वजे शिक्षा विकास तथा समन्वय ईकाई धनकुटामा आउँदा अघि नै परिक्षा शुरु भै सकेको र संगै फर्म भरेका साथीहरुले धमाधम जाँच दिईरहेको पाईए पछि शिक्षा विकास तथा समन्वय ईकाई धनकुटामा उजुरी गरेको बताएका छन् । उजुरी पछि अन्नपुर्ण माध्यामिक विद्यालय सान्नेका प्रधानाध्यापक मोहनी प्रसाद तामाङ र शिक्षक छनौट समितिका अध्यक्ष तथा विद्यालय व्यावस्थापन समितिका अध्यक्ष दुर्गावहादुर थापाले संयुक्त हस्ताक्षर गरेर प्राविधिक कारण देखाउँदै अर्को व्यवस्था नभएसम्मलाई भन्दै शिक्षा विकास तथा समन्वय ईकाई धनकुटाको सूचना पाटीमा सूचना बुधबार टाँस गरिएको छ । यस अघि पनि पुरानो पाठ्यक्रम अनुसार गएको जेठ १३ गते जिल्ला शिक्षा कार्यालय धनकुटामा अन्नपुर्ण माध्यामिक विद्यालयले विज्ञ राखेर परिक्षा गराएको थियो । तर उक्त परिक्षा शिक्षा मन्त्रालयले शिक्षक नियुक्तिका लागी लिईने परिक्षाको पाठ्याक्रम जेष्ठ ५ गते नै परिवर्तन गरि नयाँ बनाई सकेकाले पुरानो पाठ्याक्रमको आधारमा परिक्षा गराएको भन्दै शिक्षा विकास तथा समन्वय ईकाईले परिक्षा स्थगित गराएको थियो । विदुयालयका प्रधानाध्यापक मोहनी प्रसाद तामाङले भने सबै प्रक्रिया पु¥याएर बुधबार दोश्रो पटक परिक्षा गराएको दावी गरेका छन् । सवै प्रक्रिया पु¥याएरै परिक्षा गराएको भए किन परिक्षा स्थगित गर्ने सुचना टाँसेर घरतिर लाग्नु भो भन्ने ब्लाष्टको जिज्ञासाामा प्रअ तामाङले भने “परिक्षार्थि सबै जाँच नदिने उल्टै परिक्षा गराउन नदिने खाल्को वातावरण सृजना भए पछि परिक्षा स्थगित गरिएको हो ।” उनले परिक्षामा सहभागी हुन नचाहने सरोज धमलाले लगाएको सबै कुरा झुटा आरोप भएको बताए । उनले हरेक प्रक्रियामा मुजुल्का उठाएर परिक्षार्थि सबैलाई हस्ताक्षर गराएको बताएका छन् । सो विषयमा शिक्षा विकास तथा समन्वय ईकाई धनकुटाका प्रमुख रामबहादुर थापासँग ब्लाष्टले सम्पर्क गर्दा सामुदायिक विद्यालयहरुमा आन्तरिक पदपुर्तिका लागी शिक्षक नियुक्ति गर्ने प्रक्रिया दलाल स्वार्थिहरुको हातमा पुगेको बताएका छन् । कुनै विद्यालयमा शिक्षक नियुक्ति गर्नु प¥यो भने गाउँभरका मान्छे उल्टेर शिक्षा कार्यालयमा आउने गरेको थापाले गुनासो सुनाए । उनले सामान्यतया सामुदायिक विद्यालयहरुले शिक्षक नियुक्ति गर्न प्रक्रिया शुरु गर्नु भन्दा पहिले कस्लाई जागीर खुवाउने हो त्यो मान्छे तयार भए पछि मात्र सूचना निकालिने गरेको बताए । सामुदायिक विद्यालयहरुले शिक्षक नियुक्ति गर्दा आफु अनुकुलको मान्छे नियुक्ति गर्न गाउँ घरमा दादागिरी चल्ने गरेको र त्यसैको परिणाम स्वरुप बुधबारको परिक्षापनि स्थगित भएको दावी समन्वय ईकाई प्रमुख थापाको छ ।
कुनै पनि सामुदायिक विद्यालयले शिक्षक नियुक्ति तथा पदपुर्ति गर्दा सार्वजानिक संचार माध्यमबाट सूचना सार्वजानिक गर्देन्न् जिल्लामा रहेका सामुदायिक विद्यालयहरुले आफुलाई आवश्यक पर्ने कर्मचारी, शिक्षक नियुक्ति तथा पदपुर्ति गर्दा जारी गर्ने सूचनाहरु कहिले पनि सार्वजानिक संचार माध्यमबाट सार्वजानिक सूचना नगरेको पाइएको छ । चालु आर्थिक ०७४÷०७५ को जेष्ठ महीनामा मात्र धनकुटा जिल्लाको झण्डै दुई दर्जन भन्दा बढी विद्यालयहरुले सार्वजानिक सञ्चार माध्यममा सुचना सार्वजानिक नगरी शिक्षक नियुक्ति तथा पदपुर्ति गरेको पाईएको छ । शिक्षा विकास तथा समन्वय इकाई धनकुटाको सूचना पाटीमा जेठ महिनामा मात्र दुई दर्जन भन्दा बढी विद्यालयले सूचना प्रकाशन गरेर शिक्षक नियुक्ति गरिएको पाइएको छ । यसैक्रममा छथरजोरपाटी गाउँपालिका वडा नं.४ स्थित् मार्गेश्वरी प्रावि तेलियामा प्रावि तह तृतिय महिला १ जनाको लागी ०७५ जेष्ठ ९ गते १५ दिने सूचना जारी गरेको पाइएको छ । सो विद्यालयका व्यावस्थापन समितिका अध्यक्ष टेकवहादुर तामाङका अनुसार ८ जनाले फर्म भरेकोमा ६ जनाले परिक्षा दिएको मध्ये तुलसा लिम्वुले आवश्याक प्रक्रिया पु¥याएर जेष्ठ २९ गते नियुक्ति पाईसकेको वताएका छन् । त्यसैगरी चौविसे गाउँपालिका वडा ६ स्थित् पुन्य मावि राजारानीमा निमावि तह तृतिय श्रेणीको लागी परिक्षार्थिहरुको लागी अन्तिम सम्पर्क मिति ०७५ जेष्ठ ३१ गते रहेको थियो । विद्यालयका प्र.अ. लोक वहादुर राईका अनुसार ५ जनाले फर्म भरेको तर विविध कारण देखाउँदै असार आधा वित्न लाग्दा पनि परिक्षा कहिले हुन्छ एक्किन नभएको वताएका छन् । त्यसैगरी साँगुरीगढी गाउँपालिका वडा नं.४ लेउतीटारमा रहेको राम माध्यामिक विद्यालयले पनि जेष्ठ १३ गते समन्वय ईकाईको सूचना पार्टीमा सूचना निकालेको थियो । प्रावि तृतिय श्रेणीको लागी गरिएको परिक्षामा प्रतिष्पर्धामा आएका मध्ये शुक्रध्वज लिम्वुलाई यस अघि नै नियुक्ति दिएको विद्यालयका शिक्षक गुरु चेम्जोङले ब्लाष्टलाई वताएका छन् । त्यसैगरी चौविसे गाउँपालिकाको वडा नं.३ मा रहेको कुरुलेतेनुपा मावि तृतिय श्रेणी करार सेवामा अंग्रेजी र विज्ञान विषयको लागी १/१ जना उम्मेदवारको ०७५ जेष्ठ १४ गते सूचना प्रकाशन गरेको पाइएको छ । विद्यालयका व्यावस्थापन समितिका अध्यक्ष नगेन्द्र वहादुर तामाङका अनुसार विज्ञान विषयमा अहिलेसम्म कसैले दर्खास्त नदिएको तर अंग्रेजी विषयमा भने ३ जनाको दर्खास्त परेकामा परिक्षा भै आवश्याक प्रक्रिया पुरा गरेर जेष्ठ २३ गते नै नियुक्ति दिइसकेको वताए । त्यसैगरी पाख्रीवास नगरपालिका वडा नं.२ सान्नेमा रहेको सरस्वती आधारभुत प्राथमिक विद्यालयमा पनि तृतिय श्रेणीको लागी ०७५ जेष्ठ ९ सूचना टाँस गरिएको जिल्ला शिक्षा विकास समन्वय ईकाईको कार्यालयमा पाइएको छ । उक्त पदको लागी १० जनाले उम्मेद्धारी दखास्त दिएकोमा बाबुराम कट्वालले नाम निकाल्न सफल भएको विद्यालयका प्रधानाध्यापक कुरमारी दर्लामी मगरले ब्लाष्टलाई वताईन । उता महालक्ष्मी नगरपालिका वडा नं.२ छयालुङ्गमा रहेको शारादा माविमा बाल विकास सहयोगीको लागी ५ जनाले दर्खास्त दिएकोमा गोमा कार्कीलाई नियुक्ति गरिएको प्र.अ.गुरुप्रसाद वरालले वताएका छन् । उनले बाल विकास सहायकको लागी जेष्ठ ६ गते सूचना टाँस गरिएको र सोही अनुसार प्रक्रिया पु¥याएर कार्कीलाई नियुक्ति गरिएको वताएका छन् । यसरी जिल्लामा रहेका सामुदायिक विद्यालयहरुले शिक्षक नियुक्ति वा पदपुर्ति गर्दा सार्वजानिक संचार माध्याम सार्वजानिक नगरी सूचना पाटीमा मात्र टाँसेर कार्यान्वयन भै रहेको विषय प्रति शिक्षा विकास तथा समन्वय इकाईका प्रमुख रामवहादुर थापा यहाँको चलन यस्तै रहेको वताए । उनले अधिकांश विद्यालयले पहिले उम्मेद्धार ठिक पारेर मात्र विज्ञापन गर्ने गरेका छन्, त्यसैले गर्दा वेला वखतमा विवाद हुने गरेको वताए । थापाले सार्वजानिक संचार माध्याममा त परै जावस भित्तामा टाँसेको सूचना समेत गोजीमा हालेर हिड्नेसम्म हर्कत हुने गरेको वताए । उनले धनकुटाको सामुदायिक विद्यालयहरुले विद्यालयको भित्तामा, सम्वन्धित गाउँपालिका कार्यालयमा, सम्वन्धित श्रोत केन्द्रमा र शिक्षा विकास तथा समन्वय ईकाईको कार्यालयमा वाहेक अन्यत्र सूचना टाँस्ने नगरेको वताए । सो विषयमा प्रमुख जिल्ला अधिकारी मनोहर प्रसाद खनालले शिक्षा विकास तथा समन्वय इकाइ जिल्ला प्रशानसन कार्यालयको मातहत भनिए पनि काम गर्ने सम्पुर्ण जिम्मेवारी आफुलाई नरहेको वताए । उनले ऐन कानुन्मा के छ ? हेर्नै पर्ने हुन्छ, तर जहाँसम्म विद्यालयमा शिक्षक, कर्मचारी नियुक्ति गर्ने सन्दर्भमा त जति प्रचार प्रसार गर्न सक्यो त्यति नै धेरै जनासंग प्रतिष्पर्धा भयो भने सक्षम र दक्ष व्याक्ति छनौट हुनेमा त कसैलाई सोध्नै नपर्ने वताए । उनले सामुदायिक विद्यालयहरुले शिक्षक नियुक्ति गर्नु पर्छ पर्दैन भन्ने विषयम शिक्षा विकास तथा समन्वय ईकाईका प्रमुखसंग आवश्याक समन्वय गर्ने वताए । तस्विर नं.१÷शिक्षा विकास तथा समन्वय ईकाईको कार्यालयमा टाँस गरिएको सूचना गर्दै एक सेवाग्राही । तस्विर नं.२÷ परिक्षा गराउने निकाय र परिक्षा दिने परिक्षार्थिहरु विच विवाद भएपछि अन्नपुर्ण माध्यामिक विद्यालयले शिक्षा विकास तथा समन्वय ईकाईको कार्यालय परिषरमा टासिएको सूचना । सन्तवीर लामा÷ब्लाष्ट