इटहरी । किसानको मनोबल उच्च राखी उनीहरूको श्रमको सम्मान गर्ने उद्देश्यले कृषि तथा सहकारी मन्त्रालयले मुलुकभरि असार महिनाको १५ गतेलाई राष्ट्रिय धान दिवसको रूपमा मनाउने परम्परा बसालेको छ । मानो रोपेर मुरी फलाउने दिनका रुपमा रुपमा यस दिन अधिकांस स्थानमा रोपाई गरि धान दिवस मनाउने गरिन्छ । खेतमा रोपाई गरि दही चिउरा खाने दिवस अहिले फोटो खिच्ने दिवस झै हुन पुगेको छ । तर अहिले धान दिवसलाई शहरीयाहरुले रमाईलो गर्ने दिवसको रुपमा लिईरहेको पाईन्छ । असार पन्ध्र अर्थात शुत्रवार थरीथरीका दृश्य देख्न पाईयो । कोटपेन्ट लगाएर चटक्क भएर आएकाहरु हिलाम्मे खेतमा हिलो देखि डराउँदै खेलमा सेल्फी खिच्न ब्यस्त देखिन्थे । गज्जबको कुरा त के छ भने सामाजिक सञ्जाल हेप्पी असार पन्ध्रका फोटोहरुले सजिएका छन । तर वास्तबीक किसानहरु भने आधुनिक प्रविधिको आम किसानमाझ पुग्न नसकेका कारण खेतीयोग्य जमिन भएर पनि धान उत्पादनमा वृद्वि हुन नसकेको गुनासो गदै आएका छन । शुत्रवार झुम्कामा काग्रेस निकट किसान संघ सुनसरीले रोपाई कार्यक्रम अयोजना गर्याे । त्यहाँ धान रोपाई गर्ने वास्तवीक किसानहरु भन्दा पनि फोटो खिच्न तछाड मछाड नेता देखि कार्यकर्ताहरु सम्म गदै थिए । काग्रेस सुनसरीका प्रभाबशाली नेता हेमकर्ण पौडेल भन्दै थिए, सरकार कृषि प्रधान देश मात्र भन्छ कृषिमा आधुनिकरण ल्याउँदैन,असार १५ पर्ब जस्तै भयो फोटो खिच्ने फेसबुकमा हाल्ने । पूर्व राज्यमन्त्री तथा सुनसरी क्षेत्रनम्वर २ का प्रतिनिधिसभा सदस्य सिताराम मेहता प्रदेशसभा सदस्य राजिब कोइराला सहित रोपाई गरिएको थियो । इटहरी २ का स्थानीय टंक दाहाल भन्छन् खेति योग्य जमिन मास्नु भएन पलटिङ्ग गरेर , खेतीयोग्य जमिनमा राज्यले सिचाइ को ब्यबस्था गर्नु परो समयमा बिउ बिजन को पर्याप्त पाउनु परो , फलेको अन्नमा दरभाउ किसान गर्नु परो बिचौलियाको चल्खेल बन्द गर्नु परो , समय समयमा किसान लाइ कृषि सम्बन्धि तालीम दिनु परो उनी भन्छन् । खेतिपाती गरे भनेर फोटो खिचेर देखाउने हैन यो बर्ष यति मुरि , यति मन फलाए बाली भनेर देखाउनु सक्नु परो अनि मात्रै तो फोटोको अर्थ हुन्छ नत्र तो कृषि को बेज्यत भयो उनले भने । किसान संघ सुनसरीका सभापति केशव भट्टराईको सभापतित्वमा कार्यक्रम गरिएको थियो । कार्यक्रममा बोल्दै सभाषद सिताराम मेहेताले सिचाईको अभावले किसानहरुले रोपाई गर्न नपाएको भन्दै सरकार किसानहरुको बिषयमा उदासिन भएको बताए । कृषि क्षेत्रलाई प्रबद्र्धन गर्ने सरकारको योजना मुखमा मात्र सिमित भएको उनले बताए । असार १५ मा सेल्फी खिच्नेहरु धान रोप्ने भन्दा धेरै भएको बताउँछन इटहरीकै कलाकार भिम लामा । उनी भन्छन् असार १५ सस्तो सामानको बढि प्रचार जस्तै भयो । त्यस्तै रिपार्टस क्लब सुनसरीका अध्यक्ष पत्रकार ध्रुब ढकाल भन्छन् कृषिमा आधुनिकरण गर्नु पर्याे । कृषकको लागि कागजमा अनुदान ल्याउनु भन्दा किसानले खोजेको वेला मल बीउ पाउन र उत्पादन गरेका कृषि सामाग्री विचौलिया विना वजारमा वेच्न पाउनु पर्याे फोटो खिच्ने र धान दिवस मनाउने हरुलाई सहानु भुति छ । यता असार १५ कै अवसर पारेर इटहरी ४को टेग्राँखोला करिडोरामा वृक्षारोपण गरिएको छ । इटहरी उपमहानगरपालिकाले भर्खरै नीति तथा कार्यक्रम मार्फत बच्चाको जन्मदिनमा तथा घरमुलिको जन्मदिनमा विरुवा रोप्नुपर्ने नीति ल्याएको थियो ।त्यसै नीतिको कार्यान्वयन गर्न पहिलो पटक असार १५ कै अवसर पारेर यो कार्यक्रम गरियो । त्यहाँ पनि विरुवा रोप्ने भन्दा सेल्फी खिच्नेहरुको संख्या बढि देखिन्थो । विरुवा समातेर फोटो खिच्दीनु न भन्नेहरुको धेरै देखिन्थ्ये । इटहरी ४का जेष्ठ नागरिक ८६ बर्षका ललित बहादुर केसी र ८० बर्षका जनक प्रसाद भट्टराईको जन्मदिन पारेर बृक्षारोपन गरेको इटहरी ४ का वडा अध्यक्ष चन्द्र प्रसाद भट्राईले जनाए ।