पथरीशनिश्चरे / मोरङको पथरीशनिश्चरे १ स्थित एभरेष्ट बोर्डिङ स्कूलले २०७४ सालको एसइई परीक्षामा सर्वोत्कृष्ट अंक ल्याउने दुई विद्यार्थीलाई जनही एक लाख पुरस्कार प्रदान गरेको छ । जीपीए ४ प्राप्त गर्ने समिता रिजाल र आदर्श न्यौपानेलाई जनही १ लाख पुरस्कार दिइएको विद्यालयका निर्देशक रवीन कन्दङ्वाले जनाए । उनले विद्यार्थीलाई थप प्रोत्साहित गर्न नगद पुरस्कार प्रदान गरिएको बताए । उनले जीपीए ४ ल्याउने रिजाल र न्यौपाने नेपालमै उत्कृष्ठ अंक ल्याउनेमा पर्ने दावी गरे । यस्तै, जीपीए ३.९५ प्राप्त गर्ने स्वस्तिका तिम्सिनालाई ६० हजार, ३.९ प्राप्त गर्ने कुसुम लिम्बूलाई ५० हजार, ३.८५ ल्याउने विवेक दुलाललाई २५ हजार र ३.७५ प्राप्त गर्ने समीक्षा श्रेष्ठलाई १५ हजार प्रदान गरिएको छ । ०५६ देखि एसएससी सुरु भएको सो विद्यायले यसअघि पनि आफुलाई अव्बल सावित गरेको थियो । विद्यार्थी सलिना राईले २०६९ सालको एसएलसीमा ९२ दशमलव ७५ ल्याएर बोर्ड पाँचौं स्थान वनाएकी थिइन् । सोही वर्ष दीक्षा न्यौपानेले ९० दशमलव ५, आस्मा पोखरेलले ९०, ०६७ मा बिबेक कोइरालाले ९० दशमवल ५ अंक ल्याएर एसएलसीमा विद्यालयको नाम चम्काएका थिए ।