काठमाडाैं / सरकारले विभिन्न ठाउँलाई निषेधित क्षेत्र घोषणा गर्दै सभा सम्मेलन तथा प्रर्दशन गर्नबाट रोक लगाइरहेकाे बेला अभिव्यक्ति स्वतन्त्रताको माग गर्दै माइतीघर मण्डलामा विरोध प्रर्दशन गर्ने विवेकशील साझा पार्टीका संयोजक सहित १० जना पक्राउ परेका छन् ।
निषेधित क्षेत्रमा प्रदर्शन गरेको भन्दै प्रहरीले संयोजकसहित १० जनालाई पक्राउ गरेको हो । उनीहरुले अभिव्यक्ति स्वन्त्रताको रक्षा गर, भन्दै नारा लगाउन सुरु गर्नेबित्तिकै प्रहरीले पक्राउ गरेको हो । प्रहरीले कार्यकर्तालाई पक्राउ गरेपछि विवेकशील साझाका अर्का संयोजक रवीन्द्र मिश्रले शान्तिपूर्ण प्रर्दशनमा गर्न रोक लगाएर सरकारले अलोकतान्त्रिक चरित्र देखाएको आरोप लगाउनुभयो। उहाँले सरकारले निर्णय फिर्ता नगरे माइतीघर मण्डलालाई नै केन्द्रमा राखेर सरकारको विरोध गर्ने चेतावनी दिनुभयो ।
सरकारले २०७४ चैत ३० गते काठमाडौँको माइतीघर मण्डला, शान्ति बाटिका लगायत ठाउँमा सभा, सम्मेलन, भेला, जुलुस, प्रर्दशन गर्न नपाउने गरी निषेधित क्षेत्र घोषणा गरेको थियो ।