प्रकाशपुर / सप्तकोशी नदिले सुनसरी स्थित पश्चिम कुशाहको पूर्वी तटबन्द भत्काएर मानव वस्ति प्रवेश गरेको भदाै २ गते १० वर्ष पुरा हुदैछ । १० वर्षको समय अवधि बितिसक्दा समेत यस क्षेत्रका वासिन्दाले प्रत्येक वर्षायामका रातहरु कोशीको त्रासमा बिताउँदै आएका छन् । लामो समय बितिसक्दा समेत सरकारबाट उचित क्षतिपूर्ति नपाएको गुनासो पुरानै हो ।
सप्तकोशी नदी बाटाे बिराएर २०६५ साल भदै २ गते पूर्वी तटबन्ध भत्काएर सुनसरीका गाउँतिर पस्दा त्यस क्षेत्रका ७ हजार ५ सय ६५ परिवारलाई उठिबास लगायो र हजारौं बिघा उब्जाउ जमिनलाई बालुवाको बगरमा परिणत गर्यो । भदाै २ गते मंगलबार १२ बजेर ५८ मिनेट जादा पश्चिम कुशाहाको १२.१० र १२.१८ नम्बरकाे स्पर फुट्दा सुनसरीको पश्चिम कुशाहा, हरिपुर, लौकही र श्रीपुर गाउँविकास समितिका किसानहरुको उब्जाउ योग्य हजारौ विगाह जमिनमा अहिले पनि कोशी बगीरहेको छ ।
राजाबासमा भेटिएकी कृष्णमाया विष्टले अहिले पनि दैनिक कोशी हेर्ने जाने गरेको बताईन । ८४ बर्षिय बिष्टलाई अहिले पनि तनाब छ । आफ्नो खेतमा अहिले पनि कोशी बगेको भन्दै उनले सरकारले क्षतीपूर्ती अहिले सम्म नपाएको गुनासो उनको छ । हामीलाई साह्रै अन्याय भएको छ सरकारले हामीलाई हेरेन उनले गुनासो गर्दै भनिन् । अहिले भर्खर कोशीमा पानी बढ्यो रे भनेको सुनेर हेरेर आएको उनी भन्दै थिईन् । उनी जस्तै प्रकाशपुर,राजावास,मधुवन लगायत कोशी करिडोर क्षेत्रका बासीहरु दैनिक जसो कोशी हेर्ने पुग्छन ।
प्रकाशपुर १० की सुवासी अधिकारीले पनि कोशीको स्परहरु हेर्ने वर्षायाममा एक चोटी पुग्ने गरेको बताईन् । कोशी किनारमा भेटिएकी अधिकारी भन्छिन् कोशीको त्रास वर्षेनी हामीलाई हुन्छ किन बुझ्दैन सरकार ? उनको प्रश्न थियो । अहिले पनि २०६५ साल भाद्र २ गतेको डरलाग्दो दृश्य आँखामा झलझल आईरहन्छ अधिकारी भन्छिन् । फेरी कोशी कति बेला हाम्रो घरबाट कुद्ने हो हामी ज्यादै चिन्तामा छौ उनले रुञ्चे स्वरमा भनिन् । ठुलो पानी आउँदा कोशी फुट्ला कि भन्ने डर रातभर निन्द्रा लाग्दैन उनी बताउँछिन । आफु कोशी बावाढीको कारण सुकुम्बासी परिणत भएको भन्दै सरकारले प्रभावकारी रुपमा बाँधहरु बाध्ने काम गर्नु पर्ने प्रकाशपुरका स्थानीय जय कटुवाल बताउँछन् । उनी भन्छन् कोशीमा पानी बढ्यो रे भन्ने हल्ला हुदा आफुहरु चिन्तामा पर्ने गरेको छौ उनले भने । हामीलाई सरकारले जहिल्यै बेवास्ता गदै आएको छ हामी नै पिडित छौ उनी भन्छन् । पानीको सतह बढेपछि राजावास क्षेत्रको २६-४०, २६-८८, २७-१० र २७-४० स्परमा कटान गर्न शुरु गरेको छ । स्पर मध्ये २६-८८ नम्बरमा बराहक्षेत्रबाट आउने नदीको बहाव सिधै ठोक्कीएपछि बढी कटान भइरहेको प्रकाशपुरका रेडक्रसकर्मी रबिन घिमिरेले जानकारी दिए ।
सरकारले २७ सय घर परीवारको ४ हजार चार सय ७४ विगा जग्गा निकालेको भए पनि सुझाव समितिमा फारम भर्न छुटाएको कोशी वाढी पिडित सघर्ष समतिका सचिव बाबुराम कार्कीले बताए । कोशी ब्यारेज देखी महिन्द्रनगर चकडघट्टी सम्म २९ किलोमिटर क्षेत्र भारत सरकारले हेर्नु पर्छ त्यी क्षेत्रमा परेको अधिकांस जग्गाको क्षतीपुर्ती दिनु पर्छ उनले भने । त्यो भन्दा बाँकी नेपाल सरकारले हेर्नु पर्छ दुर्वै तर्फबाट मुआब्जा पाएको छैनौ कोशी बाढी पिडित अहिले पनि पिडामा छन् उनले भने । अहिले पनी बाढी पिडित क्षेत्रका सर्बसाधरण रातभर जागै बस्ने गरेको कार्कीको भनाई छ ।