बिर्तामोड । झापा गाउँपालिकाको शिक्षा शाखाले उत्कृष्ट बिद्यालय, शिक्षक तथा कर्मचारीलाई सम्मान गरेको छ । गाउँपालिकाको शिक्षा शाखाले आगामी शिक्षा नीति तय गर्न आयोजना गरेको बैठकमा उत्कृष्ठ शिक्षक सहित, कर्मचारी र बिद्यालयलाई सम्मान गरेको हो । झापा गाउँपालिकामा २१ वटा सरकारी बिद्यालय, ३८ वटा बालबिकास केन्द्र, १५ निजी बिद्यालय र २० वटा मदरसा सञ्चालनमा रहेका छन् । गाउँपालिका भित्र रहेका बिद्यालयका सम्पुर्ण प्रधानाध्यापक, ब्यवस्थापन समिति र कर्मचारी सहभागि रहेको बैठकमा शिक्षा क्षेत्रका उत्कष्ृट ब्यक्तित्वहरुलाई सम्मान गरिएको श्रोत ब्यक्ति खड्गप्रसाद खरेलले जानकारी दिए । कार्यक्रममा प्रधानाध्यापक तर्फ उत्तमकुमार सुवेदी, कमला बिक र मदन कुमार भण्डारी, ब्यवस्थापन समितिका तर्फबाट अनन्तकुमार कोच र बालकृष्ण सिटौला, सुर्यकान्त राउत, शिक्षकहरु मध्येबाट उमाराम रिजाल, अरुणक्मार मगर, मोर्सेद अलि, सम्मानित भएका छन् । यसैगरी रमेशलाल गणेश उत्कृष्ट कर्मचारी, रेश्मा राई शिक्षक अभिभावक संगठनबाट, सानवती राजबंशी र रिता राई उत्कृष्ट बालशिक्षक घोषणा हुँदै सम्मानित भएका छन् । कार्यक्रममा प्रमुख अतिथि समेत रहेका गाँउपालिकाका अध्यक्ष जयनारायण शाह, शिक्षक महासंघका प्रदेश सदस्य टिका कट्टेल, महासंघका झापा गाँउपालिका अध्यक्ष जगन्नाथ राजबंशीलगायतले सम्मानपत्र, दोसल्ला र प्रमाणपत्र प्रदान गरेका थिए । बैठकले गाउँपालिकाभरी रहेका बिद्यालयलाई उत्कृष्ट बनाउन आवश्यक रणनीति तय गर्ने जनाइएको छ ।