पथरीशनिश्चरे । नेपाल कम्यूनिष्ट पार्टी अन्तर्गत अनेरास्ववियू र अखिल क्रान्तिकारी मोरङ ३ नम्बर क्षेत्रीय कमिटीले क्षेत्रभरको एसईई परीक्षामा सामुदायिक विद्यालयतर्फ उत्कृष्ठ अङ्क ल्याउने विद्यार्थीहरुलाई सम्मान गरेको छ ।

०७४ सालको एसईई परीक्षामा ३ दशमलव ६ जीपीए भन्दा माथि ग्रेड हाँसिल गर्ने ७ वटा विद्यालयका ४८ जना विद्यार्थीलाई विहीवार सम्मानपत्रले सम्मानित गरिएको हो ।

पथरीशनिश्चरेको पथरी बहुमुखी क्याम्पसमा आयोजित कार्यक्रममा, प्रदेश सांसद राजकुमार ओझा, कृष्णकुमारी राई, क्षेत्रका पूर्व सांसद चण्डीप्रसाद राई, लालवहादुर सुस्लिङ, अनेरास्ववियूका केन्द्रीय सचिव मकर खड्का सहितले सम्मानित गरेका छन् ।

यसैगरी, पथरीशनिश्चरे १ मा रहेको आरती बहुउद्देश्यीय सहकारी संस्थाले स्थानीय पञ्चायत माध्यमिक विद्यालयका अपाङ विद्यार्थीहरुलाई वस्नका लागि जुट कार्पेट र चकटी वितरण गरिएको छ । सहकारीको १७ औ स्थापना दिवसको अवसरमा २० हजार रुपैया बराबरको सामग्री वितरण गरिएको सहकारीका व्यवस्थापक मोहन श्रेष्ठले जनाए ।