भद्रपुर । झापाका दुइवटा विद्यालयमा अध्ययनरत तीनसय विद्यार्थीलाई पोषाक तथा शैक्षिक सामग्री वितरण गरेको छ । सरस्वती आधारभूत विद्यालय हल्दिवारी २ का विद्यालयमा अध्ययनरत एकसय ९५ जना र भद्रपुर २ स्थित सिचाई आधारभुतका एकसय ५ जना विद्यार्थीलाई पोषाक तथा शैक्षिक सामग्री वितरण गरेको हो ।
हल्दिवारी गाउँपालिका २ नम्बर वडाको आयोजनामा जेहेन्दार विद्यार्थी छात्रबृत्ति कार्यक्रम अन्र्तगत सो सामग्री बितरण गरिएको थियोे । विद्यालय व्यवस्थापन समितिका पदेन सदस्य खगेन राजवंशीको अध्यक्षता तथा झापा क्षेत्र नम्बर ३ ख का संसद पूर्णसिंह राजवंशीको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा वडाध्यक्ष राजेन्द्र योङहाङ, अभिभावक कैलाश कट्टेल लगायतले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रमको स्वागत प्रधानाध्यापक गोविन्द पौडेल र शिक्षिका समिक्षा नेपालले सञ्चालन गरेकी थिइन् ।
त्यसैगरि भद्रपुर मारवाडी महिला मञ्च तथा भद्रपुर मारवाडी युवती मञ्चको संयुक्त आयोजनामा विद्यालयका पोशाकसहितको शैक्षिक सामग्री वितरण गरिएको थियो । भद्रपुर मारवाडी महिला मञ्चकी अध्यक्ष अर्चना मित्तलको अध्यक्षता तथा भद्रपुर २ का वडा सदस्य एवम विद्यालय व्यवस्थापन समितिका सदस्य सचिव देविका बस्नेतको प्रमुख आतिथ्यता भएको कार्यक्रममा भद्रपुर नगरपालिका उपप्रमुख चन्द्रामाया श्रेष्ठ, मारवाडी संघ भद्रपुरका पूर्व अध्यक्ष सुवोध कोठारी, झापा उद्योग बाणिज्य संघका महासचिव पंकजकुमार शर्मा, तरुण दलका क्षेत्रीय सभापति खड्ग सुब्बा, मारवाडी महिला मञ्चकी कोषाध्यक्ष निलम गोयल लगायतले मन्तव्य राखेका थिए । विद्यालयका शिक्षक सरस्वती अधिकारीले स्वागत मन्तव्य राखेको कार्यक्रमको सञ्चालन प्रधानाध्यापक राम घिमिरेले गरेका थिए ।