काठमाडौँ । नेपाल वायुसेवा निगमकाे नयाँ वाइड बडी विमान ‘अन्नपूर्ण’ बाट कतारको दोहामा सताभरी उडान भर्ने योजना बनाएको छ ।
एयरबस निर्माता कम्पनी फ्रान्सको तुलुज शहरबाट नौ घण्टाको उडानपछि काठमाडौँ यही असार १४ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अवतरण गरेको वाइड बडी ए ३३०–२०० सिरिजको उक्त विमानले शुरुमा छोटो गन्तव्यमा उडान गरिनेछ ।
जस अन्तरगत ‘अन्नपूर्ण’ ले हाल उडान गरिरहेको दोहामा हप्ताभरी तथा बैंगलोर र बैंककमा हप्ताको चार दिन र भारतको बैंगलोरमा उडान भर्ने तयारी गरेको निगमले जनाएकाे छ ।
निगमका अनुसार नयाँ वाइड बडी विमानको व्यावसायिक उडानका लागि आवश्यक कागजी प्रक्रिया अन्तिमचरणमा पुगेको र एक/दुई दिनभित्रै परीक्षण उडान ‘प्रुभिङ फ्लाईट’ गरिनेछ ।
भारतको नयाँदिल्लीमा पनि उडान गरिने निगमकाे भनाई छ । नयाँ विमानको एक पटक प्रोभिङ उडानपछि मात्र व्यावसायिक उडानमा लगिन्छ । विमान उडाउनका लागि छजना स्वदेशी विमान चालक (पाइलट) तयार भइसकेका छन् ।
त्यस्तै निगमको नयाँ वाइड बडीले हप्तामा तीन दिन काठमाडौँ–सिधा उडान भर्ने योजना बनाएको छ । शुरुमा छोटो दुरीको प्रक्रिया पूरा गरी उडान शुरु गरेपछि आगामी असोज भित्र नै जापान र लगायत दक्षिण कोरिया र साउदी अरेबियामा पनि उडान भर्ने निगमले जनाएको छ ।
नयाँ वाइड बडी विमानको पहिलो उडान आगामी अगष्ठ १ देखि हुने छ । निगमको अर्को वाइड बडी विमान एक महिनाभित्रै आउँदैछ ।