रंगेली । अत्याधिक शुल्क बृद्धिको भन्दै महेन्द्र मोरङ आदर्श बहुमुखि क्यम्पस विराटनगरका विद्यार्थीहरुले क्यम्पस प्रमुखलाई कार्यकक्षमै ताला बन्दि गरिदिएका छन् ।

क्याम्पस प्रमुख बाबुराम तिम्सिना सहायम क्याम्पस प्रमुख तारा प्रासद यादव,सुसिल अधिकारी र सामान्य प्रसासन शाखा प्रमुख गुद्धरप्रसाद यादव आइतबार आफ्नै कार्यकक्षमा थुनिदिएका थिए ।

विद्यार्थी संगठन अनेरास्ववियुका नविन पहाडी,अनेरास्ववियु क्रान्तीकारीका अभिमन्यु यादव र नयाँ शक्ति नेपालका कमल पोखरेलको नेतृत्वमा आएको विद्यार्थीहरुको समुहले क्याम्पस प्रमुखको कार्यकक्षमा चारैजनालाई थुनेर ताल्चा बन्दि गरिदिए हुन ।

क्याम्पस प्रसासनले मास्टर इन पब्लिक एडमिनिस्ट्रेसन र ब्याचलर इन एडमिनिस्ट्रेसन विषयमा एक सेमेस्टरकालागी तिन हजारका दरले शुल्क बृद्धि गरेपछि विद्यार्थीका नेताहरुले क्याम्पस प्रमुख सहितका पदाधिकारीहरुलाई थुनेका हुन ।

क्याम्पस प्रसासनले बृद्धि गरिएको शुल्क घटाउने सहमति नगरुन जेल सम्म ताल्चा बन्दि यथावत रहने अनेरा स्ववियुका विद्यार्थी नेता नविन पहाडीले बताए । महेन्द्र मोरङ क्याम्पसमा १७ वटा विषयमा २ हजार भन्दा बढी विद्यार्थी अध्ययनरत छन् ।

त्रिभुवन विश्व प्रत्येका विषयमा २० प्रतिसत विद्यार्थीहरुलाई अनिवार्य छात्राबृति प्रदान गर्नु पर्ने नियम छ । तर महेन्द्र मोरङ क्याम्पसमा अध्ययनरत विद्यार्थीहरुलाई क्याम्पस प्रसासनले छात्राबृति प्रदान गरिरहेको छैन ।

विद्यार्थी नेताहरुले अनिवार्य रुपमा छात्रबृति उपलब्ध गराउन पर्ने, प्रयोगसाला अविलम्ब संचालन गर्नु पर्ने, ४ वर्ष अगाडी देशमा गएको विनासकारी भुकम्पको बेला भत्तकीएको क्यम्पसको छात्रावास तत्काल निर्माण गर्न विद्यार्थीहरुले क्याम्पस प्रसासन सँग माग गरेका छन् ।