इलाम । इलाम नगरपालिका वार्ड नम्बर ९ स्थित रहासल बाल अनाथालयका तीन जना अनाथ बालबालिकाहरुको एस.ई.ई सम्मको अध्ययनका लागि शैक्षिक खर्च इलामका युवा व्यवसायी प्रबिण श्रेष्ठले व्यहोर्ने भएका छन् ।
उनले तीन बाबालिकाको वार्षिक रुपमा अध्ययन खर्च व्यहोर्ने र उनीहरुको वार्षिक रुपमा शैक्षिक सहयोग गर्ने उद्धेश्यले अनाथलयका अध्यक्ष राजेन्द्र चौहानलाई नगद रु २५ हजारको चेक हस्तान्तरण गरेका हुन् ।
इलाम टि हाउसले सुरु गरेको यस अभियानमा अभयानताका रुपमा इलामका नयाँ युवा व्यवसाही थपिएको टि हाउसका प्रोपाइटर हरि गुरुङले बताए ।
संस्थालाई सहयोग तथा अनाथ बालबालिकाको भविष्यका लागि आफूले सहयोग गरेको र आगामी दिनहरुमा समेत बालबालिकाको उज्वल भविष्यको लागि आफू लागि पर्ने श्रेष्ठले बताए । श्रेष्ठ गीतकार इलामका गीतकार,गजलकार तथा मोर्डल समेत रहेका छ ।