विराटनगर/ दुई दिने १२ औं ‘सेप भारतीय शैक्षिक मेला’ विराटनगरको नमस्कार होटलमा सोमबारदेखी सुरु भएको छ । सेप इभेन्ट एण्ड मिडिया प्रा.लि.को आयोजनामा भारतीय शैक्षिक मेला सुरु भएको हो । मंगलबारसम्म रहने शैक्षिक मेलामा भारतको विभिन्न स्थानमा रहेका ३० भन्दा बढी कलेज तथा युनिभर्सिटीको सहभागि रहेको छ ।प्रत्येक वर्ष प्रालिको आयोजनामा भारत तथा भारत बाहिर र नेपालमा गरि १९ वटा स्थानमा शैक्षिक मेला हुँदै आएको सेप इभेन्ट एण्ड मिडिया प्रा.लि. का निर्देशक सञ्जय थापाले जानकारी दिए ।

[caption id="attachment_87030" align="aligncenter" width="3612"] शैक्षिक मेलामा कलेजको बारेमा जानकारी लिदै विद्यार्थीहरु ।
तस्विर: अनिल श्रेष्ठ[/caption]

‘काठमाण्डौपछि विराटनगरमा भारतीय शैक्षिक मेला भएकोे हो,’ थापाले भने, ‘पहिलो दिन मेलामा विद्यार्थीहरुको चाप बढेको छ ।’ उनका अनुसार सोचेभन्दा राम्रो संख्यामा विद्यार्थीेहरु शैक्षिक मेलामा आएको बताए । पहिलो दिन विराटनगरसहित, इटहरी, धरान र इनरुवाका विद्यार्थीहरु मेलामा आएर कलेजहरुको बारेमा जानकारी लिएका थिए । पहिलो दिन ५ सय जना विद्यार्थीहरु शैक्षिक मेलामा आएको बताइएको छ ।मेलामा भारतको कलकत्ता, पन्जाब, तमिलनाडु, बैङ्ग्लोरलगायतको भारतको विभिन्न प्रान्तमा रहेका नाम चलेका युनिर्भसल कलेजको सहभागिता रहेको छ ।

दुई दिनसम्म हुने मेलामा एक हजारबढी विद्यार्थीहरुले प्रत्यकक्ष रुपमा आएर अवलोन गर्ने आयोजकले अपेक्षा रोखेका छ । मेलामा सम्पर्कमा आएर भर्ना हुने विद्यार्थीको लागि ५० देखी एक सय प्रतिशतसम्म छात्रवत्ती प्रदान गर्ने भएको छ । आयोजकले सम्पूर्ण कलेजका बारेमा जानकारी दिनको लागि लक्कि ड्र मार्फत् मोवाएल फोन, ल्यापटप, ट्याब पनि प्रदान गर्ने भएको छ । सेप इभेन्ट एण्ड मिडिया प्रा.लिले विगत १२ वर्षदेखी विराटनगर र काठमाण्डौमा भारतीय शैक्षिक मेला गर्दै आएको निर्देशक थापाले जानकारी दिए ।