ताप्लेजुङ । ताप्लेजुङमा सिकाइ उपलब्धि प्रवद्र्धनमा उत्कृष्ट विद्यालय तथा शिक्षकलाई ग्रामीण शिक्षा तथा वातावरण विकास केन्द्र (रिड) नेपालले पुरस्कृत गरेको छ । ‘रिड नेपाल’ले कार्यक्रम सञ्चालन गर्दै आएको क्षेत्रका विद्यालय तथा त्यहाँ कार्यरत शिक्षकलाई पुरस्कृत गरेको हो । जिल्लाको फक्ताङ्लुङ गाउँपालिकाको केन्द्र तापेथोकमा कार्यक्रम गर्दै कञ्चनजङ्घा माविका शिक्षक ईन्द्रबहादुर राई, चन्द्रोदय आधारभूत विद्यालयका शिक्षक कल्पना लिम्बू, रानी आधारभूत विद्यालयका शिक्षक डिल्लीराम बर्देवालाई ‘स्टार टिचर अर्वाड’ अन्र्तगत पाँचहजार रूपैयाँले पुरस्कृत गरिएको छ । यस्तै घुन्सा आधारभूत विद्यालयका विद्यालय व्यवस्थापन समितका अध्यक्ष हिमालीचुङ्दा शेर्पा, कञ्चनजङ्घा माविका विद्यालय व्यवस्थापन समितका सदस्य दीपा राईलाई स्टार एसएमसी र पीटीए अर्वार्डसहित पाँचहजार र प्रमाण– पत्र प्रदान गरियो । स्टार स्कुल अवार्ड अन्तर्गत पार्वती आधारभूत विद्यालय तापेथोक र घुन्सा आधारभूत विद्यालयलाई २५ हजार नगदसहित प्रमाण–पत्र प्रदान गरिएको छ । यस्तै बेस्ट पर्पmर्मिङ सेकेन्डरी स्कुल अवार्ड अन्तर्गत सुनदेवी आधारभूत विद्यालयलाई ४० हजार नगद र प्रमाण–पत्र प्रदान गरिएको छ । बेस्ट पर्फर्मिङ स्कुल अवार्ड रानी आधारभूत विद्यालय ईखाबुलाई ५० हजार नगदसहित प्रमाण–पत्रले सम्मान गरिएको छ । गाउँपालिका अध्यक्ष सरोज एभेङ, प्रमुख प्रशासकीय अधिकृत सन्दीप राना, रिड नेपाल ताप्लेजुङका कार्यक्रम संयोजक राजेन्द्र पन्तलगायले पुरस्कार प्रदान गरे ।