विराटनगर/ विराटनगरमा रहेकोे अर्किड कलेजले कक्षा ११ मा भर्ना भएका नयाँ विद्यार्थीको लागि अभिमूखिकरण कार्यक्रम आयोजना गरेको छ । उक्त कलेजमा भर्ना भएका ११ औं ब्याचका नयाँ विद्यार्थीहरुलाई शुक्रबार अभिमुखीकरण कार्यक्रम आयोजना गरेको हो ।
कार्यक्रममा हिसान मोरङका अध्यक्ष बलराम पन्त, अर्किड कलेज प्रिन्सिपल दिपेश बास्तोला, एन प्याब्सनका केन्द्रीय सदस्य राजन छाराहाङ, शिक्षक चुडामणी नेपाललगायतले कलेजको बारेमा विद्यार्थीलाई जानकारी गराए । कलेजमा नयाँ शैक्षिक सत्रका लागि ३ सय ६० जना विद्यार्थीहरु भर्ना भएको कलेजले जनाएको छ । कलेज प्रमुख दिपेश बास्तोलाले विद्यार्थीलाई गुणस्तरीय शिक्षा प्रदान गर्न कुनै कुसर बाँकी नराख्ने बताए । अभिमुखिकरण कार्यक्रममा सहभागी विद्यार्थी श्रेया रायमाझीले गुणस्तरीय शिक्षा प्रदान गर्ने भएकोले अर्किड कलेज आफ्नो रोजाइमा परेको बताइन् । कक्षा १२ का विद्यार्थीले नव आगन्तुक विद्यार्थीहरुलाई नृत्य तथा गीतलगायत मनोरञ्जन आत्मक कार्यक्रम राखि स्वागत गरेका थिए ।