धनकुटा । स्किल क्याम्पस इटहरी–६ ले शैक्षिकसत्र ०७५÷०७६ मा नयाँ भर्ना भएका आफ्ना ४० जना विद्यार्थिलाई शैक्षिक सत्र शुरु हुनुपुर्व क्याम्पसको शैक्षिक गतिविधिका वारेमा शुक्रबार धनकुटाको हिलेमा एक दिने अभिमुखीकरण गोष्ठी आयोजना गरेको छ । शिक्षाप्रेमी रन्जन ओझाको प्रमुख आतिथ्यमा सम्पन्न अभिमुखीकरण गोष्ठीमा स्किल क्याम्पसका कार्यकारी प्रमुख पृथ्वीराज पराजुली, अरेशन डाईरेक्टर प्रज्वल पराजुलीले सहजीकरण गरेका थिए । विद्यार्थीहरुलाई क्याम्पसले होटल म्यानेजमेण्ट विषयमा हुने शैक्षिक गतिविधि, विद्यार्थीहरुले पालना गर्नुपर्ने अनुशासन र शैक्षिक क्यालेण्डरको बारेमा अभिमुखीकरण गरेका थिए । सो अवसरमा स्किल क्याम्पसमा कक्षा–१२ मा अध्ययनरत विद्यार्थीहरु र कक्षा–११ मा अध्ययन गर्न नयाँ भर्ना भएका विद्यार्थीहरु बीच एक आपसमा परिचायत्मक कार्यक्रम समेत आयोजना गरिएको थियो । कार्यक्रमले पुराना र नयाँ विद्यार्थीहरु बीच रिफ्रेसमेन्टको काम गर्ने कार्यकारी प्रमुख पृथ्विराज पराजुलीले बताएका छन् । सो अवसरमा १८ महिने होटल म्यानेजमण्टको कक्षा पुरा गरिसके पछि ६ महनिादेखी १ वर्षसम्म अन्तराष्ट्रिय स्तरको ५ तारे होटलमा इन्टर्नसिपको लागी पठाईने जानकारी दिइएको छ । विद्यार्थीहरुलाई होटल म्यानेजमेण्टको १८ महिने कोर्ष पुरा गर्न करिव ३ लाख रुपैयाँ शुल्क लाग्ने बताइएको छ । विदेशमा गएर इन्टर्नसिप गरिसकेपछि मात्र सर्टिफिकेट दिईने र रोजगारीका लागी अवसर पाईने अपरेशन र्डारेक्रट प्रज्वल पराजुलीले बताएका छन् । स्किल क्याम्पसका कार्यकारी प्रमुख पृथ्वीराज पराजुलीको अध्यक्षतमा सम्पन्न अभिमुखीकरण गोष्ठीमा सहभागी अतिथिहरुलाई क्याम्पसका शिक्षक डेविट भण्डारीले स्वागत मन्तव्य व्यक्त गरेका थिए ।