विराटनगर । विराटनगरमा १० मा रहेको अरनिको कलेजले नव आगन्तु विद्यार्थीहरुलाई लक्षित गरी एक दिने अभिमुखिकरण गोष्ठी सम्पन्न भएको छ ।

कलेजले सञ्चालन गरेको कक्षा ११ विज्ञान संकाय विज्ञान संकायमा १८ औं ब्याचमा भर्ना भएका विद्यार्थीहरुलाई कलेजको बारेमा जानकारी दिन गेष्ठी आयोजना गरिएको हो ।

कार्यक्रमका प्रमुख अतिथी नेम्सका सीईओ डा. नविन शर्मा, कलेज प्राचार्य राजेश कार्की, कलेका को–अडिनेटर विकाश खनाल, कलेका प्रध्यापकहरु डा.भविन्द्र निरौला,भरत दाहाल र उमेन्द्र विलाश लुईटेल, अभिभावकहरु डा. शैकर अधिकारी र गायत्री गुरागाईलगायतले कलेजको बारेमा जानकारी गराएका थिए । भर्ना भएकी विद्यार्थी प्रतिभा झाले बोलेकी थिइन् । उनले कार्यक्रममा विज्ञान संकायमा अरनी कलेज अगाडी रहेर गुणस्तरीय शिक्षा प्रदान गर्ने भएकोले अन्य कलेजभन्दा यो कलेज आफनो रोजाइमा परेको बताइन् । कलेजमा भर्ना भएका ६ सय ५५ जना विद्यार्थीहरुलाई अभिमुखिकरण तथा स्वागत गरीएको थियो ।