काठमाडाै । साढे ३३ किलो सुन तस्करीका मास्टरमाइन्ड चुडामणि उप्रेती गोरेले प्रहरीको सुरक्षामाथि शंका गर्दै  सेनाको सुरक्षा माग गरेका छन् ।

‘सुरक्षामा खटिएको प्रहरी टोलीलाई टोलाएर हेर्छ । कहिले सुरक्षा नपुगेको भन्दै कराउँछ । केही दिनअघि आफूलाई सेनाको सुरक्षा हुनु पर्ने माग गर्यो । उसले किन यस्तो भनिरहेको छ थाहा भएन’, कारागार व्यवस्थापन कार्यालयका एक अधिकृतले भने ।

काठमाडौंस्थित केन्द्रीय कारागारको गोलघरमा कैद सजाय भोगिरहेका चुडामणि उप्रेती गोरे केही समयदेखि डिप्रेसनमा गएका छन् । कारागार व्यवस्थापन कार्यालयका अनुसार गोरे कसैसँग नबोल्ने, बोलिहाले पनि बेसुरको कुरा गर्ने, डराएजस्तो गर्ने, एक्लै बस्ने, अनायसै टोलउने र आँखाबाट आँसु झार्ने जस्ता व्यवहार देखाउने गरेकाे कारागार व्यवस्थापन कार्यालयले जनाएकाे छ ।

जिल्ला अदालत, मोरङको आदेशपछि पुर्पक्षका लागि उनी कारागारमा छन् ।